काठमाडौं । चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थान घर भएकी ६८ वर्षीया पवित्रा केसी हत्याको कारण जग्गासँग जोडिएको खुलेको छ ।
पक्राउ परेका अभियुक्तलाई सोधपुछ गर्दा जग्गाको सिमाना विवादमा हत्या भएको खुलेको हो । घटनाको अनुसन्धान गरिरहेकी प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरीका अनुसार जग्गाको सीमाना विवादमा हत्या भएको बताइन् ।
६८ वर्षीया केसी हत्यामा प्रहरीले सुरुमा चन्द्रागिरिको थापागाउँका ३२ वर्षीय सरोज थापालाई पक्राउ गरेको थियो । अहिले उनकी आमा गंगा थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
दाउराको चिर्पटले टाउकामा हानेर हत्या गरिएको प्रहरीले बताएको छ । मृत महिलाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

















