जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखक बयान पत्र

25

काठमाडौं । भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाइएर आयोगमै सात दिनभित्र उपस्थित भई बयान दिन भनिएको छ।

आन्दोलनका क्रममा प्रशासनिक तथा सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूको बयान लिने प्रक्रिया सकिएपछि आयोगले राजनीतिक नेतृत्वको बयान लिन सुरु गरेको जनाएको छ। यसैक्रममा पूर्वगृहमन्त्री लेखकलाई पत्र पठाइएको हो।

आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र पठाउने तयारी भइरहेको जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here