काठमाडौं । काभ्रे, पनौती नगरपालिका-४ दुधमिलस्थित पसल संञ्चालन गरी बस्ने बनेपा नगरपालिका-१२ घर भएका ६२ वर्षीय नारायण सुनुवार आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
दोलखा, भिमेश्वर नगरपालिका-७ साखिने बस्ने ७९ वर्षीय टक बहादुर लामा सोही ठाउँस्थित भिर नजिक बुधबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका-१ नारायणीतिरस्थित राम मन्दिरको सडक पेटीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ, काठेखोला गाउँपालिका-३ धम्जा हिले बस्ने ५० वर्षीया रूपा परियार आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ


















