बालिका  छात्रवृत्ति अभियान अभियान जारी

10

काठमाडाैं ।  “छोरी पढाऔंः गरिमा बढाऔँ” भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले २०७८ सालमा प्रारम्भ गरेको मधेस केन्द्रित पाँच वर्षे बालिका छात्रवृत्ति अभियान अन्तर्गत २६ जना विपन्न दलित समुदायका बालिकालाई पाँचौ तथा अन्तिम वर्षको छात्रवृत्ति प्रदान गरिए संगै पाँच वर्षे अभियानको समापन भएको छ ।

२०८२ माघ ७ गते अपराह्न बिराटनगरमा आयोजित कार्यक्रममा कटहरी गाँउपालिका, थलाहास्थित श्री जनता मा.वि का २१ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती मा.वि.का पाँच जना गरी कक्षा १०  मा अध्ययनरत २६ जना बालिकालाई वर्ष २०८२  को पाँचौ तथा अन्तिम वर्षको छात्रवृत्ति रकम प्रत्येकलाई रु. १२ हजार (३ लाख १२ हजार) शान्ति समाजका सदस्यहरु तथा दाताहरुद्वारा प्रदान गरिएको थियो ।
माघ ७ गते बिराटनगरमा शान्ति समाज मोरङ शाखाका सभापति प्रा.डा जीवन ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, निवर्तमान सभापति एवम सल्लाहकार रामकृष्ण बराल, सल्लाहकार रामप्रसाद जोशी, उपसभापति लक्ष्मीनारायण मिश्र र धन थापा, महासचिव प्रकाश शाही लगायतले पाँच वर्ष सम्म छात्रवृतिका लागि  निरन्तर आर्थिक योगदान गर्ने बिराटनगर स्थित १० जना दाताहरुलाई सोहि कार्यक्रममा सम्मान सहित प्रशंसा पत्र  प्रदान गर्नुभएको थियो।
यसै गरि कर्णाली केन्द्रित तीन वर्षे छात्रवृति अभियान पनि २०८२ जेठमा समापन भईसकेको छ । यस प्रकार  शान्ति समाजले २०७८ सालमा सुरु गरेको पाँच वर्षे मधेस केन्द्रित र २०८० मा सुरु गरेको कर्णाली केन्द्रित बालिका छात्रवृति अभियानका दौरान शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु गरि १०० जनाले ४७ लाख ६४ हजार योगदान गर्नुभएको थियो ।यस क्रममा कर्णाली केन्द्रित छात्रवृतिमा २७ लाख ९६ हजार र मधेस केन्द्रित छात्रवृतिमा १९ लाख ६८ हजार सहयोग प्रदान गरिएको थियो ।
शान्ति समाजले पाँच वर्षे मधेस केन्द्रित छात्रवृति ३७ जनाबाट र कर्णाली केन्द्रित छात्रवृति ८४ जनाबाट सुरु गरेको थियो ।कक्षा ६ मा पढ्ने बालिकाहरुलाई निरन्तर सो छात्रवृति प्रदान गर्नुको एउटा उदेश्य उच्च शिक्षा सम्म अध्ययन निरन्तर राख्न  प्रोत्साहन गर्नु थियो । तर १० कक्षा सम्म आइपुग्दा मधेसमा ११ जनाले र कर्णालीमा तीन वर्षमा १४ जनाले बिद्यालय छोडेको पाइयो।यसले आज पनि बालिकाहरुले  बिद्यालय छाडने दुखद परिस्थिति विद्धमान रहेको दर्साउँछ। त्यसकारण पनि शान्ति समाजले यी दुवै अभियान निरन्तर राख्ने  भएको छ। कर्णाली केन्द्रित छात्रवृतिका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरुबाट प्राप्त रु १९ लाखको अक्षयकोष स्थापना भैसकेको हुँदा २०८३ सालदेखि बिकट कर्णाली (हुम्ला र डोल्पा)मा रु १० हजारका दरले दुई दर्जन हाराहारीमा छात्रवृति वितरण गरिनेछ। यसै गरि मधेस प्रदेसमा पनि त्यति नै संख्यामा २०८३ सालदेखि छात्रवृति वितरण गरिने छ । स्मरणीय छ बिकासको अधिकार अन्तर्गत शान्ति समाजले बिकट कर्णाली र सिमान्त मधेसको उत्थानमा जोड दिंदै अभियान संचालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here