शंकास्पद वस्तु फेला

16

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-९ इन्द्रेणीस्थित चाबहिल साँखु सडकमा शंकास्पद वस्तु फेला परेको छ ।

निर्वाचन सुरक्षा बेस थलीबाट खटिएको प्रहरीको मोबाइल टोलीलेले सडक बीचमा शंकास्पद वस्तु फेला पारेको हो ।

सडकमा बोरामाथि बट्टामा तारले बेरेको जस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

उक्त वस्तु फेला परेपछि नेपाली सेनालाई खबर गरिएको छ । अहिले रणचन्डी गण सुन्दरीजलबाट निर्वाचनको लागि खटिएको मेजर धनबहादुर तामाङको कमान्डमा रहेको १० जनाको टोली त्यहाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here