इनरुवामा पनि भेटिए डेंगुका बिरामी
इनरुवा- सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ । इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिए ।
धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी...
यस्ता छन् हरियो मकै खानुका अभुतपूर्व फाईदाहरू…
मकै यस्तो खाद्य पदार्थ हो जसले मानिसको स्वास्थ्यलाई निकै फाइदा पुर्याउछ । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ ।
मकैको खानाले शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका...
महिनावारीलाई पर्वको रुपमा मनाउने चलन
दिल्ली / भारतका धेरै ठाउँमा महिनावारीलाई हेर्ने दृष्टिकोण राम्रो नभएपनि भारतकै ओडिसामा महिनावारीलाई लिएर रजा पर्व मनाइन्छ। यो तीन दिन मनाइन्छ। जसको आज तेस्रो दिन हो। जुन १५ देखि १८सम्म मनाइने उक्त पर्वमा महिलालाई...
रिँगटा लाग्नु गम्भीर रोगको संकेत, सचेत हुनु आवश्यक
काठमाडौं / रिँगटा लाग्दा चारैतिरको वस्तु घुमेको जस्तो लाग्छ । यो एक साधारण रोग हो तर लापरबाही भने गर्नु हुँदैन। किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ। त्यस कारण सचेत हुनु आवश्यक छ...
वीर अस्पतालका नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुण्डीराज पौडेलले दिए राजीनामा
काठमाडौं / वीर अस्पतालका नाक, कान तथा घाँटीरोग विभागका प्रमुख डा. ढुण्डीराज पौडेलले सरकारी सेवाबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई राजीनामा बुझाएका हुन्।
डा. पौडेलले आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताउँदै...
अविवाहित महिला विश्वका सबैभन्दा खुसी मानिस
एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ ।
शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो । एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको...
लिची खाँदा भारतमा ४७ बालबालिकाको मृत्यु
उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ।
बिहारका स्वास्थ्य अधिकारीहरूले जनाएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो।
स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा...
झापामा पनि डेंगु संक्रमण
दमक– सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगु मोरङसँगै झापामा पनि देखिएको छ।
संक्रमण देखिएका दमकका २ जनाको दमक अस्पतालमा उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन्।
डेंगु अन्यत्र फैलन नदिन जनचेतनामूलक कार्यक्रम...
गर्मीयाममा बिरामी पर्ने सम्भावना कम गर्ने उपायहरु
गर्मीयाममा पसिना बढी आउने गर्छ । तसर्थ शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ। पानी पर्याप्त खाइएन भने स्वास्थ्य खराब त हुन्छ नै, छाला पनि फुस्रो र फुंग उडेजस्तो हुन्छ।
–...
युगान्डामा पाँच वर्षीय बालकमा इबोला संक्रमण
एजेन्सी / युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताएका छन।
छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच वर्षीय बालकमा इबोलाको संक्रमण फेला परेको मन्त्री आसेङले...

























