विश्वमा कतै जनसंख्या वृद्धि भएर चिन्ता बढेको छ भने कतै जनसंख्या वृद्धि हुन नसकेर सरकारको टाउको दुखेको छ । डेनमार्क पनि आफ्नो देशमा जनसंख्या वृद्धि नभएकोले तनावमा परेको छ ।
त्यसकारण डेनमार्कले अहिले अनौठो सार्वजनिक अपिल गरेको छ । उसले आफ्ना नागरिकहरूलाई यौनसम्बन्ध राख्ने अपिल गरेको छ भने त्यसको लागि सरकारी बिदा दिने पनि घोषणा गरेको छ ।
डेनमार्कमा जन्मदर एकदमै न्यून भएपछि विश्वमै पहिलोपटक कुनै देशको सरकारले यौनसम्पर्क गर्न अपिल गर्दै सार्वजनिक बिदा दिने घोषणा समेत गरेको हो । साथै, बढीभन्दा बढी यौनसम्पर्क गर्नेलाई पुरस्कारको पनि घोषणा गरिएको छ ।


















