प्रधानमन्त्रीको विदेश भ्रमणले नयाँ सरकार गठनमा ढिलाई हुने संकेत

111

प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन बुधबार न्युयोर्क जाने भएपछि तत्काललाई नयाँ सरकार गठनको प्रक्रियामा केही ढिलाई हुने भएको छ । १० दिने अमेरिका भ्रमण जान लागेका प्रधानमन्त्री कोइरालाका कारण नयाँ सरकार गठन प्रक्रिया केही ढिला हुन लागेको हो ।

नयाँ संविधान प्रारम्भ भएको मितिले सात दिनभित्र संसदको अधिवेशन राष्ट्रपतिले आह्वान गर्ने र त्यसको सात दिनभित्रै प्रधानमन्त्री चयन गर्ने व्यवस्था रहेपनि प्रधानमन्त्रीको विदेश भ्रमणले सरकार गठन प्रक्रिया पछि सर्ने संकेत देखिएको हो ।

संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन १८ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका प्रधानमन्त्री कोइरालाले असोज १४ गते सम्बोधन गर्ने कार्यक्रम तय तय भएको छ । असोज ११ देखि १८ गतेसम्म हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर स्वदेश फर्किएपछिमात्र सरकार निर्माणको प्रक्रिया अघि बढने प्रमुख दलहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here