बाबुरामको ‘वानप्रस्थ’ यात्रा !

278

चन्द्रप्रकाश बानियाा
‘नयाा एजेण्डासहितको नयाा शक्ति’को अवधारणा अघि सारेर पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्टी परित्याग गरे । भारतले नाकाबन्दी लगाउनु र बाबुरामको पार्टीत्याग विचित्र संयोगको रूपमा मुलुकले अनुभूत गर्‍यो । यतिबेला यी दुवै घटनाहरू नेपाली समाजमा चर्चाको शिखरमा छन् । यसपटकको नाकाबन्दीको आयु २०४५ सालको जत्तिको लामो होला जस्तो लाग्दैन । न नेपालले त्यति लामो समयसम्म टिक्ने सामथ्र्य राख्छ नत भारत नै उतिबेला जसरी अडिन सक्ने अवस्थामा छ । अझ यसो भनौ, चााडै नाकाबन्दीले नेपाललाई झुकाउने छ । झुक्न बाध्य पार्ने छ । नेपाल अडिए छ र भारत नै पछि हटेछ भने पनि नाकाबन्दी टुङ्गिने नै छ । दुवै अवस्थामा नाकाबन्दीको चर्चाको आयु उति लामो हुने छैन । तर बाबुराम भट्टराईको पार्टी परित्यागले भने नेपाली समाजलाई लामो समयसम्म झकझक्याइरहने छ । उनको पार्टी परित्याग राजनीतिक सन्यास होइन भने पनि उनले ताकेको गन्तव्य त्यति सजिलो देखिदैन र उति निकट पनि छैन । सुरक्षाको आवश्यक पूर्वतयारीविना नै समुद्रमा हाम्फालेको अनाडी तैराकझैं डा.भट्टराईले राजनीतिको नयाा बाटो अख्तियार गरेका छन् । विनापतवारको नाउ झै उनले पनि राजनीतिको विशाल तलाउको किनाराहरूमा बेलामौका ठक्कर खाादै रहनेछन् र त्यसले हरेकपटक समाजमा नयाा तरङ्ग सिर्जना गर्दै रहनेछ ।
‘चितुवा कराउनु र बाख्रो हराउनु’को संयोग जस्तै बाबुरामको पार्टीपरित्याग र भारतीय नाकाबन्दीको साइत आकस्मिक रूपमा जुट्नगएको हुनाले पार्टी भित्र बाहिर दुवैतिरबाट उनलाई लाग्दै आएको ‘भारतपरस्त’ को आरोपरूपी विरुवामा थप नयाा मुना, काइना, पालुवाहरू लाग्ने अवसर जुरेको छ । मान्छेहरूलाई कुरो काट्ने गतिलो मसला मिलेको छ । तर निर्धक्क भन्न सकिने कुरा के हो भने यत्तिकै भरमा भट्टराईको विवेक, विद्वता र राष्ट्रप्रेमप्रति नकारात्मक टिप्पणी गरिहाल्नु हतारो हुनेछ । समाजले गरेको शंका वा कतैबाट आग्रहबस उठाउन खोजिएका चर्चामा कति सत्यता छ भन्ने कुरा समयले स्पष्ट गर्दै जानेछ । आफ्नै सक्रिय संलग्नतामा निर्माण भएको संविधानप्रति असन्तुष्टि र चारदशकको लगानी रहेको पार्टीबाट अप्रत्याशित बहिर्गमनको निर्णयसाग भारतीय चाहना र योजनाको कति गहिरो साइनो सम्बन्ध गाासिएको छ भन्ने कुरा धेरै समय लुक्न लुकाउन सकिने कुरै होइन । दालमा कतै कालो रहेछ भने उनको राष्ट्रप्रेमको गहिराईको नापो लिन हतारो गर्नु पर्ने छैन । हतारोमै कुनै निष्कर्षमा पुग्ने अधैर्य प्रदर्शन गर्नु आग्रह ठहर्छ ।
हो, निश्चय नै एनेकपा माओवादी नामको पार्टीबाट बहिर्गमन गरेपछिका बाबुरामका पाइलाहरू दक्षिणाभिमुख छन् । यसो भनेर बाबुरामलाई भारतमुखी ठहर्‍याउने वा भारतको इशारामा चल्ने व्यक्तिको रूपमा आरोपित गर्ने चेष्टा गर्न खोजिएको होइन । उनका पाइलाहरूले दक्षिणको बाटो समातेका होइनन्, तर दक्षिणपन्थतिर डोरिएका भने अवश्य हुन् । नेपाली समाजले चिनेका बाबुरामको परिचय भनेको एउटा कट्टर साम्यवादीको हो । पछिल्लो कालखण्डमा, खासगरेर, संविधानसभाको दोश्रो निर्वाचनपछि उनले अघिसार्ने गरेको विचारदृष्टिकोणलाई सैद्धान्तिक विचलनको परिणाम हो भन्न धकाउनु पर्दैन । त्यो साम्यवादी दर्शनको शास्त्रीय मान्यताबाट विश्वास धरमराएको परिणाम हो । पछिल्लो समयमा मुलुकमा नयाा राजनीनितिक शक्ति निर्माणको बहसमा उत्रिएका बाबुराम त्यही गन्तव्यपथमा अघि बढेका हुन् भने उनले निर्माण गर्ने नयाा शक्तिको सैद्धान्तिक धरातल माक्र्सवादको कित्ताभन्दा बाहिर खडा हुनेछ । कमसेकम त्यसको माओवाद, लेनिनवादजस्ता प्रयोगसिद्ध सैद्धान्तिक र व्यावहारिक पद्धतिहरूसाग साइनो सम्बन्ध रहनेछैन । नवपुाजीवाद र माक्सर्वादको फ्यूजनको परिकल्पना गर्ने भट्टराईको वर्तमान यात्रालाई त्यसअर्थमा दक्षणाभिमुख भनिएको हो । अर्थात बाबुरामले समातेको नयाा बाटो पुरानो मान्यता र परम्पराका दृष्टिले दक्षिणपन्थी हुनेछ भनिएको मात्र हो ।
हुन त बाबुरामले उठाएको कदमलाई केवल घुर्कीर्को रूपमा बुझ्ने, अथ्र्याउने मानिसहरूको संख्या पनि समाजमा कम छैन । अझै पनि पार्टीमा फर्कने सम्भावना देख्ने उनका निकट सहयोगीहरूका सार्वजनिक टिप्पणीहरूले पनि त्यही कुरालाई पुष्टि गर्छन् । यदि भट्टराईको उद्देश्य प्रचण्डलाई गलाउने र पार्टीनेतृत्वबाट विस्थापन गर्ने मात्रै हो भने त्यसमा सफलता प्राप्त हुदैन भनेर भविष्यवाणी गरिहाल्न मिल्दैन । माओवादी आन्दोलनबाट टुटे फुटेर छिन्नभिन्न भएका व्यक्ति र समूहहरूलाई जुनसुुकै सर्तमा गोलबन्द गरेर पार्टीको अस्तित्व जोगाउने वा एमालेमा विलय भएर सत्ताको न्यानोमा रमाउने बाहेकको तेश्रो विकल्प एमाओवादीसाग अब बााकी रहेको छ जस्तो लाग्दैन । तर बाबुरामको पार्टीमा पुनरागमनको सम्भावना एउटा अत्यन्तै क्षीण विकल्प हो भन्दा फरक पर्दैन । आफ्नै विचार र नीतिको बलबुतामा यहााासम्म तानेर ल्याइपुर्‍याएको भनेको पार्टी त छोडेर हिड्नुपर्ने परस्थिति निर्माण भयो भने हिजो कुनै कालखण्डमा उछिट्टिएर छितरिएका सबै टुक्राटाक्री मिलाएर पुनर्निर्माण गरिने पार्टी भट्टराईका लागि सुविधाजनक हुनेछ भनेर अनुमान पनि गर्न सकिदैन । किनकि त्यस्तो पार्टीसाग भट्टराईको वैचारिक निकटता बन्नसक्ने सम्भावना पूरै समाप्त भैसकेको छ भन्नु आग्रह ठहर्दैन । यद्यपि राजनीतिमा भविष्यवाणी गर्न सकिदैन भनिन्छ तापनि सफलता असफलताको कुरा अलग हो भट्टराईका पाइलाहरू पछि फर्कलान् भनेर अनुमान गर्न भने गाह्रो पर्छ ।
जहाासम्म नयाा शक्ति निर्माणको कुरा हो त्यसको सिलान्यास गर्न गाह्रो छैन । तर त्यसलाई उद्देश्यप्राप्तिको तहसम्म विकास गर्नु सजिलो पनि छैन । नेपाली समाज यथास्थितिवादबाट ग्रस्त छ । आफूले समातेको घोचो छोडिहाल्न अन्कनाउने विशिष्ट नेपाली संस्कार हो । त्यसैले कोही गतिलो वा अन्त कतै किञ्चित सम्भावनाको सानो मात्रै स्थान सुरक्षित गरिसकेको कुनै पनि मान्छे थोत्रोपूरानो नै किन नहोस् आफ्नो बनिबनाउ घरधन्सार परित्याग गरेर भट्टराईको रामझुपडीतिर आकर्षित हुने सम्भावना अन्यन्त क्षीण छ । त्यसको अर्थ नयाा शक्ति निर्माणको अभियान शून्यबाट प्रारम्भ गर्नुपर्ने हुन्छ । सांगठनिक कुशलताको दृष्टिले भट्टराईबाट त्यस्तो सफलताको कल्पना गर्नु अलि बढ्तै कल्पनाशीलता ठहरिने छ । फेरि मधेसी र जनजातिहहरूका लागि उनको खसअनुहार अविश्वासको कारण बन्ने र पहाडी समुदायमा भारतपरस्तको हल्ला वितृष्णाको कारण बन्ने प्रतिकूल परिस्थितिले पनि भट्टराईको पार्टी परित्यागलाई ‘वानप्रस्थ आश्रमतिरको यात्रा’ बनाउने सम्भावनालाई बल पुर्‍याएको छ भन्नु बढ्ता हुादैन ।
संविधान निर्माणको सन्दर्भमा अलिकता विलम्ब गर्नु परेपनि मधेसी र जनजाति समुदायलाई समेट्नुपर्छ भन्ने भट्टराईको सदाशययुक्त मान्यतासाग उनकै पार्टीनेतृत्वले असहमति जनाएको कुरा यथार्थ हो । आफ्ना असन्तुष्टि र विमतिहरू संविधान निर्माणपूर्व सार्वजनिक गर्नुपथ्र्यो वा संविधानको मूलप्रतिमै हस्ताक्षर नगरी बाहिरिनुपथ्र्यों भनेर भट्टराईको नियतमै शंका गर्ने परिस्थिति समाजमा निर्माण भएको रहेछ भन्ने कुरा उनको पछिल्लो धनुषा जिल्लाको भ्रमणमै स्पष्ट भयो । तर त्यो बुझाइमा विवेकभन्दा बढी आवेगको प्रदर्शन भएको हो भन्न सकिन्छ । संविधान जारी नहुादै संविधानसभाबाट बाहिरिनु तर्कसंगत कार्य हुादैनथ्यो । अर्थात् नबनेको संविधानका प्रावधानहरूको कुन आधारमा विरोध गर्ने भन्ने प्रश्न स्वाभाविकरूपमा उठ्थ्यो । त्यसैले उनले लिएको निर्णय गलत वा सही जे भए पनि सामयिक भने अवश्य थियो । त्यो कदम न समयअघि उठाउन मिल्थ्यो नत धेरै विलम्ब गर्नुको कुनै अर्थ रहन्थ्यो । वैदिक वर्णव्यवस्थाले मानिसको जीवनका लागि चार आश्रमहरूको व्यवस्था गरेको छ । जीवनको पहिलो पच्चिसवर्ष ब्रह्मचर्य, दोश्रो पच्चिसवर्ष गृहस्थाश्रम, तेश्रो पच्चिसवर्ष वानप्रस्थ र अन्तिम पच्चिसवर्ष सन्यास आश्रमका लागि छुट्याइएको छ । बाबुराम भट्टराईले यतिबेला उठाएको कदम ‘वानप्रस्थ आश्रमतिरको यात्रा’ ठहरिने सम्भावना पनि उत्तिकै प्रबल छ । यहींनेर हेक्का राख्नुपर्ने विषय के देखिन्छ भने वानप्रस्थ आश्रमतिर लागेका पाइलाहरूले आयुले साथ दिएको खण्डमा सन्यास आश्रमतिर लाग्ने अवसर पाउाछन् । वानप्रस्थतिर लागिसकेको मान्छे फर्केर गृहस्थाश्रममा प्रवेश गर्ने घटना विरलै हुनेगर्छ । त्यसैले बाबुराम घरफर्कने कल्पना गर्नु पानी र समयको उल्टो गतिको व्यर्थ आशा गर्नुजस्तै हो भन्नु बढ्ता नहोला । त्यसअर्थमा डा.भट्टराईको विद्वता र उर्जाको उपभोग गर्ने सौभाग्यबाट मुलुक बञ्चित हुनुपर्ने दुर्भाग्यपूर्ण नियति अनिवार्य बन्ने हो कि भन्ने चिन्ता स्वाभाविक हुन गएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here