मह जोडीलाई बसुन्धरा पुरस्कार’ द्धारा सम्मानित गरिने

230

काठमाडौैं / वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले वरिष्ठ हाँस्य मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले श्रेष्ठलाई ‘वसुन्धराश्री पुरस्कार’ र आचार्यलाई ‘मानश्री पुरस्कार’ प्रदान गर्न लागेको हो ।

हास्यव्यङ्गय, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयको माध्यमले नेपाली कला, रङ्गमञ्च र हाँस्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत दुबै कलाकारलाई सम्मान पत्र सहित रु ५० , ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्न लागेको प्रतिष्ठानले जनाएको छ ।

बसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पुरस्कारको निणर्य गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here