मर्स्याङ्दी नदी खोल्ने तयारी

11

काठमाडौं । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी भइरहेकाे छ ।

जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार थुनिएको मर्स्याङदी नदी खोल्नका लागि विस्फोट गर्ने तयारी भएको छ ।

उनका अनुसार, ‘जिल्ला दैवी प्रकोप उद्धार समितिले ब्लास्ट गर्ने निर्णय गरेको छ । जसका लागि नेपाली सेनासँग अनुरोध गर्ने निर्णय भएको छ ।

यसका लागि काठमाडौंबाट सेनाको विस्फोट गर्ने प्राविधिक टोली आएर थुनिएको नदी विस्फोट गरेर आजै खोल्ने तयारी कार्य भइरहेकाे छ ।’ उनका अनुसार विस्फोटका लागि आवश्यक पदार्थ मनाङकै स्थानीय तहसँग छ ।

गत आइतबार ठाडो खोला र घट्टे खोलामा बाढी आएर कटान तथा घर, पुल, सडकमा क्षति पुर्‍याएको थियो । आइतबार साँझ घट्टे खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी थुनिएको थियो । मर्स्याङ्दी नदी थुनिएपश्चात  स्थानीयहरू डरले जंगल, सामुदायिक भवन र ब्यारेकमा रात काट्न बाध्य भएका थिए ।  मौसम खुलेसँगै चामेवासीहरू आज बिहानै घर फर्किएकाे खबर प्राप्त भएकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here