दुर्गा प्रसाईं पुनः पक्राउ

2
प्रसाई काठमाडौँ ल्याइँदै बिर्तामोड, २९ चैतः फरार रहेका दुर्गा प्रसाईलाई शुक्रबार प्रहरीले झापाको काँकरभिटाबाट पक्राउ गरी चन्द्रगढी एयरपोर्टबाट बुद्ध एयरमा राखेर काठमाडौँ लगिँदै । तस्बिरः राजकुमार ओली÷रासस

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ गरिएकाे छ ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले प्रसाईंलाई पक्राउ गरेको हो ।

प्रसाईंलाई ब्यूरोले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउको कारणबारे ब्यूरोले केही जानकारी प्राप्त भएकाे छैन ।

प्रसाईं पटक-पटक पक्राउ पर्दै छुट्दै आएका छन् । अधिकांशजसो उनी साइबर कसुरमा पक्राउ पर्ने गरेका छन् ।

यसपटक प्रसाईंलाई प्रतिनिधिसभा सदस्य रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here