सरकारले राप्रपालाई वार्ताका लागि बोलायो

71

काठमाडौं / सरकारले राप्रपालाई वार्ताका लागि बोलाएको छ। कानूनमन्त्री भानुभक्त ढकालले आइतबार राप्रपालाई पत्रचार गरेर वार्ताका लागि बोलाएका हुन्।

राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाले दिएको जानकारीअनुसार कानूनमन्त्री ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई वार्ताका लागि जिम्मा दिएकाले सोही बमोजिम वार्ताका लागि बोलाएको पत्रमा उल्लेख गरेका छन् । बर्तौलाले भने, ‘पर्सि वैशाख १० गते दिउँसो १ बजे वार्ताका लागि बोलाउनुभएको छ।’

राप्रपा अध्यक्ष कमल थापाले गत फागुन ५ गते २२ बुँदे माग पत्र बुझाएका थिए। जसमा धर्म निरपेक्षता खारेज गरी हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने, राजसंस्थादेखि सबै राजनीतिक शक्ति अटाउने गरी गोलमेच सम्मेलन गर्नुपर्ने लगायतका माग राखी त्यसका लागि दबाब सिर्जना गर्न ‘राष्ट्रिय स्वाभिमान यात्रा’ नाम दिएर देशव्यापी दबाब कार्यक्रम आयोजना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here