चिनियाँ प्रधानमन्त्रीद्वारा नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई बधाई

314

काठमाडौँ, २६ असोज । चिनिया प्रधानमन्त्री ली खछ्याङले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा सुभकामना दिएका छन् ।

चिनियाँ प्रधानमन्त्री ली ले चीन सरकार र त्यहाँका जनताका तर्फबाट प्रम ओलीलाई बधाई ज्ञापन गरेका हुन् । ली ले सोमबार एक बधाई सन्देश पठाउँदै चीन र नेपाल निकटका मिलनसार मित्र रहेका र कठिन परिस्थितिमा पनि सुमधुर पारस्परिक सम्बन्ध कायम राखेका असल छिमेकी भएको उल्लेख गरेका छन् ।
बधाई सन्देशमा चिनियाँ प्रधानमन्त्रीले ओलीको नेतृत्वमा नेपालले आर्थिक विकास एवम् राष्ट्रिय स्थायित्व हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालको शान्ति, स्थायित्व र समृद्धिका लागि चीनले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने बताउँदै प्रधानमन्त्री लीले ओलीको कार्यकालको सफलताको कामना पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here