मेची–महाकाली अभियानको सन्देश

181

सूर्य थापा
गरिबलाई अमानवीय शोषण, दमन र अत्याचार गरी पुस्तैनी ‘नेता’ भएका तराईका जमिनदारहरूलाई मानवीय जीवनको मूल्यबोध गराउने कामसमेत सर्वप्रथम कम्युनिस्ट आन्दोलनले गरेको तथ्य कसैले लुकाएर लुक्दैन । यो नै तराईमा मानवीय व्यवहार र मानवीय मूल्यको पक्षमा राजनीतिक पार्टीको प्रथम भूमिका थियो । श्यामप्रसाद, कृष्णराज बर्मा, विष्णुबहादुर मानन्धर र मदनमणि दीक्षित आदि यस क्रमका साक्षीहरू अझै जीवितै छन् । आफ्नो जमिनदारीविरुद्ध कम्युनिस्ट नेतारकार्यकर्ताले विद्रोह र संघर्षको चिराग बालेको प्रतिशोध लिनजस्तो गरी ‘मधेसी मोर्चा’ को नाममा आज एमालेका कार्यालय जलाउने, राजनेताहरूका सालिक ढाल्ने, कार्यक्रममा हूलहुज्जत र थुनछेक अवरोध गर्ने आदि अराजनीतिक हर्कतहरू गरिएका छन् ।
यही पृष्ठभूमिमा यो अभियान सुरु गरिएको छ । आफ्ना ‘बुहारीरपत्नीहरू’ ले विवाहमा दाइजो नल्याएको प्रतिशोधमा बर्बरतापूर्वक हत्या गर्ने, जलाउने र घर निकाला गर्नेजस्ता पाशविक एवं मध्ययुगीन दुव्र्यवहार तराई–मधेसमा जारी छन् जसको अन्त्य गर्नेतर्फ मधेसी दल र तिनका नेताहरूलाई कुनै चासो छैन । गरिब, दुस्खीलाई हेप्ने एवं कमारा र दासजस्तै व्यवहार गर्ने विभेदपूर्ण व्यवहारको अन्त्य यस अभियानको उद्घोष हो । खासगरी, तराईवासी दलित समुदायस् पासवान, डोम, दुसाध, खत्वेलगायतको सामाजिक हैसियत र स्वाभिमान अभिवृद्धि गरेर मानवीय व्यवहार सुनिश्चित गर्न यो अभियान परिलक्षित छ । चरम शोषणको स्थिति अन्त्य गरी समानता र सामाजिक न्याय बहाल गर्नुपर्ने अत्यन्त खाँचो छ । जन्मँदै जमिनदार, नेता र शासक भई ढलीमली गर्ने स्थिति जो विद्यमान छ, त्यसको अन्त्यका निम्ति शोषित–पीडित नागरिकहरूलाई गोलबन्द गरी परिचालित गर्नु यस अभियानको लक्ष्य छ । विकास बजेटको दुरुपयोग, खासगरी भ्रष्टाचार र कागज मिलाएर विकास सम्पन्न भएको नक्कली विवरण प्रस्तुत गर्ने विद्यमान रवैया अन्त्य गर्नु अत्यावश्यक छ । धुलाम्मे सडक, सिंचाइको अभावमा बाँझो परेका जमिनको सदुपयोग र उत्पादकत्व वृद्धिका लागि जनतालाई सचेत पार्न पनि उत्तिकै आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here