विश्वनाथ खरेल
हाम्रो नेपाली समाजमा च्याउ खानुहुँदैन भन्ने धारणा थियो र खाएमा मरिन्छ भन्ने गलत विचार रहेको छ । यसमा कुरा यसो छ – जंगलमा पाइने जंगली च्याउ खोजेर खाँदा विषालु परेर बिरामी पर्ने र मर्नेसम्मका घटनाहरु अखबारहरुमा आउने गरेका छन् । त्यसकारणले गर्दा यो एउटा आयमूलक व्यवसायको रुपमा फस्टाउँदै गएको छ । च्याउका पारखीहरुले यसका परिकारप्रति ज्यादै आकर्षित छन् र यसको तरकारीलगायतका विभिन्न परिकार बनाएर खानको लागि वा बिक्रीवितरण गर्नका लागि च्याउखेती गर्ने चलन चलेको झण्डै तीन दशकभन्दा बढी भइसकेको छ । यस व्यवसायबारे जानकारी र खेती गर्ने तौरतरिका सिकाउने निकायहरु पनि कमै छन् । कतिपय पोषिला खाद्य वस्तुहरु हाम्रा सामाजिक अवधारणा र अज्ञानतावश उचित प्रयोगमा आउन सकिरहेका छैनन् । जुन ताजा च्याउमा पानीको मात्रा बढी अर्थात् ९० प्रतिशत हुन्छ, जुन मोटा मानिसका लागि उपयोगी हुन्छ । च्याउमा पाइने प्रोटिन अरु खाद्य पदार्थमा पाइने प्रोटिनभन्दा उच्चस्तरको हुन्छ । किनकि यसमा धेरै प्रकारका प्रोटिनहरु अमिलो अम्ल पाइन्छन् जुन हाम्रो शरीरका लागि आवश्यक छन् । यसर्थ च्याउमापाइने पौष्टिकतत्व मासु र तरकारीको बीचमा पर्दछ ।


















