लिपुलेकलाई त्रिदेशीय सीमा नाका बनाउनुपर्नेमा जोड

145

काठमाडौ, १६ मंसिर सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको भूमि लिपुलेकलाई त्रिदेशीय नाका बनाउनुपर्नेमा जोड दिएका छन् । कञ्चनपुरमा आयोजित महाकालीको जल उपभोग र नाकाबन्दी’ विषयक अन्तरक्रियामा उनले उक्त विषयलाई जोड दिएका हुन् । श्रेष्ठले लिपुलेक नेपालको भूमि भएपनि चीन र भारतले आफ्नो व्यापार वृद्धिका लागि नेपालको सहमति बिना नै सम्झौता गरेको जनाए । उनले भने ‘अब नेपाल, भारत र चीनबीच नयाँ चिराबाट लिपुलेक सम्झौता गर्नुपर्छ’ यसबाट मात्रै नेपालको भलो हुने श्रेष्ठको भनाई थियो ।

विवादित लिपुलेक सम्झौता सच्याउनका लागि चीन सरकारले नेपाल सरकारलाई प्रमाण दिन भने पनि सरकारले प्रमाण दिन ढिलाइ गरेको श्रेष्ठको भनाई थियो । सरकारीस्तरबाटै राष्ट्रियताको विषयमा ढिलासुस्ती हुनु निन्दनीय भएको भन्दै उनले लिपुलेकदेखि ३७६ वर्ग किलोमिटर पश्चिम अझै नेपालको भएको भन्दै यसको संरक्षण गर्नुपर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here