आयो स्मार्ट ट्वाइलेट

282

हरेक कुरामा स्मार्टको चलन आइरहेको समयमा अब ट्वाइलेट पनि स्मार्ट किसिमको आउने भएको छ । उक्त स्मार्ट ट्वालेटको सुविधा भनेको अब आफ्नो दिसा आफौ धुनुपर्ने बाध्यता हट्नेछ र ट्वाइलेट पेपरको आवश्यकता पनि पर्नेछैन ।
यस्तो किसिमको स्मार्ट ट्वालेटको अवधारणा जापानले ल्याएको हो । जापानले बनाएको उक्त स्मार्ट ट्वाइलेटले दिसा गर्ने मानिसको दिसा धोइदिन्छ । अनि ट्वाइलेट समेत आफौ सफा हुन्छ । अमेरिकाको लस भेगासमा चलिरहेको कन्जुमर इलेक्ट्रोनिक्स शोमा एउटा स्मार्ट पाइखानाले सबैको ध्यान खिचिरहेको छ । यो जापानी प्रविधिको बखान गर्न तथा आगन्तुकलाई व्याख्या गर्नमै फुर्सद छैन शो मा रहेको आफ्नो स्टलमा मौजुद ट्वाइलेट निर्माता कम्पनीका प्रतिनिधिलाई । कुनै व्यक्ति जब यो ट्वाइलेटको नजिक आउाछ यो आफै खुल्दछ । मानिस भित्र पसेर शौच गरी जब बाहिर निस्कन्छ यसले स्वचालित रूपमा फ्लस हान्छ अनि सफा गर्दछ । यो ट्वाइलेटले मानिसको दिसा समेत आफै धोइदिन्छ, त्यो पनि तातो पानीले । मानिसको मलद्वार क्षेत्रमा यसले तातो पानीको स्प्रे हानेर धोइदिन्छ अनि ताप दिएर भिजेको अंग ओभानो पनि बनाइदिन्छ । यो स्मार्ट ट्वाइलेटको मूल्य झण्डै १० लाख रूपैयाा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here