कााग्रेसमा बलियो बन्ने प्रतिस्पर्धा

111

काठमाडौं/ नेपाली कााग्रेसको आगामी १३औं महाधिवेशनको पूर्वसन्ध्यामा कुन पक्ष बलियो बन्ने भन्ने प्रतिस्पर्धा चलेको छ । पार्टीका वर्तमान सभापति सुशील कोइराला तथा पार्टीका अर्का शक्तिशाली नेता शेरबहादुर देउवाबीच अन्य नेताहरूलाई आफ्नो पक्षमा पारेर आफ्नो समूह बलियो बनाउने होडबाजी चलेको छ ।
कााग्रेसको १३औं महाधिवेशन फागुनको २० गतेदेखि २३ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुादै छ । कााग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने निश्चित भइसकेको छ भने संस्थापन पक्षबाट सुशील कोइराला वा रामचन्द्र पौडेल कसले उम्मेदवारी दिने भन्ने निश्चित छैन । त्यसकारण दुवै पक्षले आ–आफ्नो प्रभाव विस्तार गर्न जोडतोडले लागिपरेका छन् । सुशील कोइराला अझै पनि आफू स्थास्थ्य र दृष्टिकोण दुवै हिसाबले फिट रहेको कारण उम्मेदवारी दिने सुरमा छन् । त्यस्तै कााग्रेसका वर्तमान उपसभापति रामचन्द्र पौडेलले पनि संस्थापन पक्षबाट सभापतिको उम्मेदवार आफू नै भएको जनाउादै आएका छन् । सभापति सुशील कोइरालाप्रति उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, सुजाता कोइराल, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेल र धनराज गुरुङ असन्तुष्ट छन् । सूर्यमान गुरुङ, उमाकान्त चौधरी पनि कोइरालासाग असन्तुष्ट रहेको स्रोतले जनाएको छ । कोइरालासाग लामो समयदेखि असन्तुष्ट अर्जुननरसिंह केसी देउवासाग नजिकिएका छन् । केसी मात्र होइन सिटौलालाई समेत देउवाले आफूतर्फ तान्ने कोसिस गरिरहेका छन् । उनीहरूलाई महत्वपूर्ण पदको उम्मेदवार बनाउन देउवालाई समस्या छैन । त्यस्तै नेताहरूमा गुट बदल्ने र अर्को पक्षतिर सर्ने प्रवृत्ति पनि देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here