२०१५ मा नेपालको पर्यटन क्षेत्रले के पायो के गुमायो ?

175

भूकम्प र नाकाबन्दीको मारमा पर्यटन क्षेत्र

 
उत्तम अर्याल
गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्प र त्यसपछि आएका पराकम्पनका कारण ठूलो नोक्सानी व्यहोरेको पर्यटन क्षेत्रले विगत ४ महिनादेखि भारतले लगाइरहेको नाकाबन्दीका कारण थप नोक्सानी भोगिरहेको छ । विनाशकारी भूकम्पले ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा ठूलो नोक्सानी पुर्‍याएपछि नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्या ह्वात्तै घटेकाले पर्यटन क्षेत्रले निकै ठूलो नोक्सानी सहनुपरेको थियो । भूकम्पपछि विस्तारै पुरानो अवस्थामा फर्किने प्रयास गरिरहेको पर्यटन क्षेत्र भारतीय नाकाबन्दीका कारण पुन: एक पटक थला पर्न बाध्य बनिरहेको छ । नाकाबन्दीका कारण नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्या न्यून हुादै गएपछि पर्यटन क्षेत्रले थप नोक्सानी सहनुपरेको हो । नेपालको अर्थतन्त्रको बलियो खम्बा मानिएको पर्यटन क्षेत्रले प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याका कारण भोग्नुपरेको चुनौतीका कारण सरकारसागै पर्यटन व्यवसायीहरुसमेत निराश बनिरहेका छन् ।

 
नेपाल आफौमा पर्यटकीय दृष्टिकोणले निकै सम्भावना बोकेको मुलुक हो । तर विगतमा विभिन्न किसिमका द्वन्द्वका कारण पछि परेको यो क्षेत्र मुलुक शान्ति प्रक्रिया हुादै संविधान निर्माण प्रक्रियासम्म पुग्दा पनि प्राकृतिक र मानव सिर्जित समस्याका कारण लामो समय उठ्न नसक्ने गरी थला परिरहेको छ । वैशाखको भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीको नकारात्मक असरका कारण अहिले पर्यटन क्षेत्र थप संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको र मुख्य पर्यटकीय सिजनमा समेत पर्यटक नआइादिदा यस क्षेत्रमा अर्बौंको घाटा भएको व्यवसायीहरुले गुनासो गरेका छन् । यस क्षेत्रमा लागेका व्यवसायीहरुले हाल उत्पन्न समस्याका कारण व्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा सिर्जना भएको गुनासो गर्न थालेका छन् ।

 
पर्यटन व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले भूकम्प र नाकाबन्दीका कारण पर्यटन क्षेत्र नराम्रोसाग प्रभावित भएको जानकारी दिइन् । उनले हाल उत्पन्न समस्याका कारण प्रभावित भएका व्यवसायीहरु पहिलेकै अवस्थामा पुग्न थप केही वर्ष लाग्ने दाबी गरिन् । उनले भूकम्प र नाकाबन्दीबाट प्रभावित भएका व्यवसायीहरुलाई सरकारले अनुदान तथा सहयोग गरेमा मात्र व्यवसायीहरु पहिलेकै अवस्थामा फर्किन सक्ने अवस्था रहेको जनाइन् । त्यस्तै, नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजालले उक्त समयमा भूकम्पले भन्दा अन्तर्राष्ट्रिय जगत्मा नेपाल पर्यटनका लागि असुरक्षित रहेको छ भनेर भ्रामक समाचार फैलिादा पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्किन गाह्रो परेको जनाए । उनले भने, ‘भूकम्पबाट तंग्रिन नपाउादै नेपालको पर्यटन क्षेत्रले नाकाबन्दीको मार सहनुपरेको छ । नाकाबन्दीका कारण पर्यटन क्षेत्रसाग सम्बन्धित सबै पक्षमा असर पुग्दा व्यवसायीहरु मर्कामा परेका छन् ।’ नाकाबन्दीका कारण कालोबजारी र भ्रष्टाचार मौलाउादा व्यवसायीहरुलाई आफ्नो व्यवसाय सहजरुपमा सञ्चालन गर्न कठिन भएको अर्का होटल व्यवसायी रमेश धमलाले जानकारी दिए । धमलाका अनुसार उपभोग्य सामग्रीको अभाव तथा मूल्यवृद्धि, घरेलु हवाई उडानको मूल्यमा वृद्धि, ग्यासलगायत इन्धनको अभाव, लोडसेडिङ जस्ता समस्याका कारण व्यवसायीहरु बुकिङ गरिसकेका पर्यटकलाई सेवा दिन नसकेको र आफ्नो कर्मचारीलाई तलब खुवाउन पनि नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

 
सन् २०१४ मा करिब ९ लाखको हाराहारीमा पर्यटकहरु नेपाल भ्रमण गरेका थिए । तर सन् २०१५ को सुरुवातमै एभरेष्ट बेस क्याम्पमा गएको हिम पहिरो, केही समयपछि गएको भूकम्प र हाल जारी नाकाबन्दीका कारण नेपाल भ्रमण गर्ने पर्यटक संख्या जम्मा ३ लाखमा सीमित भएको अनुमान गरिएको छ । भूकम्प र नाकाबन्दीका कारण पर्यटनसम्बन्धी महत्वपूर्ण क्षेत्रहरु, ट्रेकिङ, होटल व्यवसाय, पर्वतारोहण, र्‍याफ्टिङ, क्लाइम्बिङ, प्याराग्लाइडिङ, बञ्जी, अल्ट्रालाइट जस्ता सम्पूर्ण क्षेत्रमा अकल्पनीय नोक्सानी व्यहोर्नुपरेको छ । नेपालको प्रमुख पर्यटकीय क्षेत्र भनेर चिनिने काठमाडौं, पोखरा तथा सौराहा क्षेत्रमा जाने पर्यटकको संख्यामा कमी आएको छ । भूकम्पका कारण चीनसागको प्रमुख नाका तातोपानी ठप्प हुादा पनि त्यहााबाट आउने चिनियाा पर्यटकहरु आउन सकेका छैनन् भने नाकाबन्दीका कारण नेपाल घुम्न आउने भारतीय पर्यटकहरु पनि आउन सकेका छैनन् । टानका अध्यक्ष रिजालका अनुसार ट्ेरकिङ रुटहरु सुरक्षित भए पनि देशको अस्थिरता, गलत प्रचार र पर्यटकहरुलाई आवश्यक सेवासुविधा दिन नसकेका कारण पदयात्री पर्यटकहरुको संख्यामा गिरावट आएको छ । उनले २०१४ को तुलनामा २०१५मा नेपालको ट्रेकिङ क्षेत्रमा करिब ७० प्रतिशत नोक्सानी भएको जनाएका छन् । उता होटल व्यवसाय पनि धराशायी अवस्थामा पुगेको होटल संघ नेपाल (हान) का महासचिव विनायक शाहले जानकारी दिए । उनका अनुसार भूकम्प र नाकाबन्दीले गत वर्ष २०१५मा मात्रै होटल व्यवसायको कम्तीमा ८० प्रतिशत क्षमता खेर गएको छ । उनले भने, ‘मुख्य पर्यटकीय सिजनमा झण्डै शत प्रतिशत कोठा बिक्री हुने गरेकोमा पर्यटक आगमन घटेपछि १५ देखि २० प्रतिशत सेवा उपयोगमा ल्याउन सकिएको छैन ।’ शाहका अनुसार अघिल्लो वर्षको आधारमा सन् २०१५मा पर्यटकीय मौसममा १० देखि १२ करोड रुपैयाासम्म आम्दानी गुमाउनुपरेको हानको अनुमान रहेको छ । त्यस्तै पर्वतारोहण क्षेत्रको अवस्था पनि दयनीय रहेको छ । भूकम्पका कारण भर्खर विकसित हुादै गरेको होमस्टे र ग्रामीण पर्यटन पनि नराम्ररी ध्वस्त हुन पुगेको छ । व्यवसायी धमलाका अनुसार हाल नेपालको पर्यटन दशवर्षे द्वन्द्वकालभन्दा कठिन अवस्थामा पुगेको छ । यसरी २०१५ मा पर्यटन क्षेत्रले धेरै नोक्सानी तथा निराशा भोग्नुपरेको छ ।

 
केही आशाका किरण
२०१५ को सुरुवातदेखि नै नोक्सानी र निराशा व्यहोरिरहेको पर्यटन व्यवसायमा केही आशाका किरण पनि पलाएका छन् । यसबीचमा नेपाल पर्यटन बोर्डले करिब चार वर्षपछि मात्र नयाा सीईओ पाएको छ । यसलाई पर्यटन व्यवसायीहरुले सुखद पाटोको रुपमा लिएका छन् । यतिमात्र होइन पर्यटन बोर्डको सीईओमा नियुक्तिसागै लामो समयदेखि क्रियाशील नवनियुक्त सीईओ दीपकराज जोशीले आफ्नो कार्यकालमा भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण धराशायी भएको पर्यटन क्षेत्रलाई उकास्न २०७३ साललाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाउने योजना बनाइरहेको जानकारी दिएका छन् । यसले धराशायी बनिरहेको पर्यटन व्यवसायलाई माथि उठाउन सहयोग पुग्ने आशा गरिएको छ । त्यस्तै, उनले पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन र विगतभन्दा नेपाल आउने पर्यटकको संख्यामा वृद्धि गर्न सन् २०१६ लाई ‘सर्भभाइभल’ वर्षको रुपमा र २०१७ लाई ‘इनभाइभल’ वर्षको रुपमा योजना अघि बढाउनले योजना समेत बनाएका छन् । उनले आगामी वर्ष पर्यटन व्यवसायीसागको सहकार्यमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटन प्रचारप्रसार गर्ने लक्ष्य लिइएको पनि जानकारी दिए । उनले भने, ‘विश्वका पर्यटकका लागि आकर्षक मानिएका देशहरुमा अहिले विभिन्न समस्या छन् । त्यसकारण चलाखीपूर्ण तरिकाले हामीले बजार विस्तार गर्न आवश्यक छ । त्यसका लागि सोसल साइटहरुको पनि प्रयोग जरुरी छ ।’ उनले रसिया, टर्की तथा युरोप घुम्ने पर्यटकहरुलाई नेपाल तान्ने कार्ययोजना बनाएको जानकारी दिए । पर्यटन व्यवसायी धमलाले पनि जोशीको कार्यकालबाट नेपालको पर्यटन क्षेत्र फेरि पुरानै धारमा फर्किने आशा गरेका छन् । उनले नवनियुक्त सिईओ जोशीको धारणालाई समर्थन गर्दै सरकार र व्यवसायीको सहकार्य हुनुपर्नेमा जोड दिने जनाए । टानका अध्यक्ष रिजालका अनुसार पनि यदि सरकारले नेपालको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने हो भने एउटा संयन्त्र निर्माण गरेर पर्यटन व्यवसायीहरुसागको सहकार्यमा अगाडि बढ्न आवश्यक छ । उनले भने, ‘नेपालको पर्यटन क्षेत्रका लागि २०१५ को वर्ष निकै नै दु:खदपूर्ण रह्यो । अब पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा ल्याउन सरकार र व्यवसायीको सहकार्यमा अन्तर्राष्ट्रिय प्रवद्र्धनमा लाग्न आवश्यक छ ।’

 
घुम्नैपर्ने मुलुकको सुचीमा पहिलो स्थानमा नेपाल
काठमाडौं/ बेलायतमा ट्राभलसम्बन्धी जानकारी प्रकाशन गर्ने प्रमुख प्रकाशक रफ गाइड्सले २०१६ का लागि घुम्नैपर्ने १० मुलुकको सूचीमा नेपाललाई पहिलो स्थानमा राखेको छ । रफ गाइड्सले विनाशकारी भूकम्प र पराकम्पनपछि पनि नेपालको पर्यटन उद्योग पुन: उदीयमान भइरहेको भन्दै नेपाललाई घुम्नै पर्ने मुलुकको सूचीमा राखेको हो । उक्त संस्थाले लाखाौ मानिस घरबारविहीन भएको र जनजीवन समेत पहिलेकै अवस्थामा नफर्केको अवस्थामा पनि मुलुकले विस्तारै पदयात्रा पुन: सञ्चालन गर्नेदेखि पर्यटकीय क्षेत्रहरु फेरि पहिलेकै अवस्थामा ल्याउने काम भइरहेको जनाएको छ । उक्त संस्थाले नेपालमा पर्यटकले खर्च गरेको विदेशी रकम स्थानीय स्तरसम्म पुग्ने, पर्यटकहरुका लागि होमस्टे सञ्चालनमा रहेको तथा हिमालय, बाघ, हात्ती तथा गैंडा जस्ता जनावरहरुले पर्यटकहरुलाई आकर्षण गर्ने भन्दै पर्यटकहरुलाई नेपाल घुम्न हौस्याइएको छ । उक्त सूचीमा कोलम्बिया, क्युवा, जोर्डन, अल्बानिया, रोमानिया, एल साल्भाडोर, वेल्स, केन्या र श्रीलंकालाई पनि समावेश गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here