महिला हिंसा गर्नेले ६ महिनासम्म सडक सफा गर्नुपर्ने !

263

महिलामाथि दुव्र्यवहार तथा हिंसा गर्ने मानिसहरूमाथि भारतमा अनौठो सजाय सुनाइएको छ । मुम्बई उच्च अदालतले बिहीबार महिलामाथि दुव्र्यवहार तथा हत्याको प्रयास गर्ने चार जना अभियुक्तलाई ६ महिनासम्म सडक सफाइ गर्नुपर्ने आदेश सुनाएको हो ।

 
यो सागै ती अभियुक्तहरूले आगामी ६ महिनासम्म पुलिसको निगरानीमा हरेक हप्ता सार्वजनिक सडकको सरसफाइ गर्नुपर्नेछ । नियमित रूपमा तोकिएको समयसम्म सडक सफाइ गरेपछि मात्र उनीहरूले सफाइ पाउनेछन् । महिलामाथि हिंसा गरेको आरोपमा सडक सफा गर्ने सजाया पाउने आरोपीहरूको नाम अंकित जाधव, सुहास ठाकुर, मिलिन्द मोरे तथा अमित अधाक्ले हो । आफूहरूमाथि लागेको महिलामाथि दुव्र्यवहार तथा हत्या प्रयासको मुद्दाबाट सफाइ दिनका लागि उनीहरूले मुम्बई उच्च अदालतमा अपिल गरेका थिए ।

 
आफूहरूले गल्ती स्वीकार गरिसकेको र पीडितहरूसाग छलफलको आधारमा समस्या सुल्झाइसकेको भन्दै उनीहरूले अदालतमा आफुहरूमाथिको मुद्दा खारेज गर्न अपिल गरेका थिए । तर न्यायाधीशले भने आरोपीहरूले ६ महिना सामाजिक सेवा गरेपछि मात्र उनीहरूमाथि मुद्दा खारेज हुने फैसला सुनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here