बर्दिया-गुलरिया नगरपालिका-१२ सुर्जीगौडी बस्ने साबिर गद्दीको घरबाट मानिसहरू घरमै सुतिरहेको अवस्थामा दराज खोलेर नगद करिब १ लाख ३० हजार रुपैयाँ र सुन तथा चाँदीका विभिन्न गहना गरेर करिब ३ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















