सम्मानको लालचमा राष्ट्रघाती सम्झौता नहोस्

140

राज्यलक्ष्मी शाक्य

 
भारतले नेपालको संविधानमा आफ्नो चासो सम्बोधन नगरेको भन्दै साढे चार महिनादेखि अघोषित रूपमा लगाएको नाकाबन्दी अघोषित रूपमै हटाएलगत्तै प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाादै छन् । प्रधानमन्त्री बनेलगत्तै राष्ट्रियताका विषयमा अडान लिएका ओलीलाई प्रधानमन्त्री बनेको झण्डै चार महिनापछि भारतले भ्रमणका बेला विशेष आतिथ्य दिने समाचारहरू सञ्चारमाध्यमबाट बाहिर आइरहेका छन् । भारतीय नाकाबन्दीबाट चिढिएका प्रधानमन्त्री ओलीले पटक–पटक भारतीय हेपाहा प्रवृत्तिको विरोध गर्दा नेपाली जनताको मन मात्र जितेनन्, भारतीय मिडियामा समेत यसको निकै ठूलो चर्चा परिचर्चा भयो । ओलीको यस्तै अडानकै कारण नेपाली जनता नाकाबन्दीको अभाव सहन तयार भए तर भारतीय प्रवृत्तिसाग नझुक्न खबरदारी गरिरहे । भारतलाई एक किसिमले चिढाइरहेका ओली देखावटी रूपमा निकै राष्ट्रवादी देखिए पनि व्यवहारमा भने उपलब्धिपूर्ण काम भने गर्न सकिरहेका छैनन् । जस्तो नाकाबन्दीका बेला वैकल्पिक व्यवस्थाका लागि चीनसागको सम्बन्ध विस्तारदेखि अन्य मुलुकबाट अत्यावश्यक वस्तुको आयातमा पनि खासै चासो देखाएनन् । यति मात्र होइन भारतलाई चिढाएजस्तो व्यवहार गर्ने ओलीले आफ्नो पहिलो भ्रमण गर्नका लगि भारत नै कुर्नुले पनि उनको भनाइ र गराइमा केही शंका गर्नुपर्ने अवस्था देखियो । आफ्ना छिमेकी मुलुकका बारेमा खासै मुख नखोल्ने चीनले आफ्ना विज्ञमार्फत ओलीको पहिलो भ्रमण चीन गर्न सुझाव दिादा समेत ओलीले जसरी हुन्छ भारत भ्रमणकै लागि कुर्नुले उनीप्रति केही आशंका गर्नुपर्ने ठाउाहरू पनि देखिन्छन् । अर्काेतर्फ ओलीलाई नरुचाएको भनिएको भारतले गणतन्त्र स्थापनापछिका प्रधानमन्त्रीमध्ये ओलीलाई विशेष आतिथ्य दिने तथा बसोबासको व्यवस्था समेत राष्ट्रपति भवनमा मिलाउनुले पनि ओली र भारतको व्यवहारप्रति आशंका गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । हुन त ओलीको विगत हेर्दा उनी भारतप्रति सद्भाव राख्ने व्यक्तिकै रूपमा चिनिन्छन् । तर हालैको भारतीय नाकाबन्दीपछि केही अडान दिने राष्ट्रवादी कित्तामा देखिएका उनीमाथि आफू सााच्चिकै राष्ट्रवादी हुा भनेर देखाउनका लागि भारत भ्रमण एउटा अवसर पनि हो । ओलीको भारत भ्रमणप्रतिको आशक्ति, भारतको विकल्प खोज्ने तत्परताको अभाव र हालै भारतले उनको भ्रमणका लागि गरिरहेको व्यापक तयारीले दालमा केही कालो छ कि भन्ने आशंका आम नागरिकमा उब्जिरहेको छ । नागरिकले विगतका दृष्टान्तका कारण यस्तो आशंका गर्नु कुनै आश्चर्य होइन तर ओलीको भ्रमणमा ओली आफ्ना अडानमा दृढ हुादाहुादै पनि भारतले ओलीलाई फकाउनका लागि पनि केही तामझाम वा विशेष बनाउन खोजेको हुन सक्छ । यदि ओलीको अडानकै बीच भारतले रिझाउन खोजेको हो भने पनि त्यसप्रति ओली सजक हुन आवश्यक देखिन्छ ।

 
वि.सं. २००७ सालयता नेपालको राजनीतिक इतिहास हेर्दा भारतले नेपालको नेतृत्वलाई तर्साएर वा फकाएर आफ्नो अनुकूल प्रयोग गर्ने गरेका कैयाौ उदाहरणहरू देख्न सकिन्छ । पञ्चायती व्यवस्थामा आफ्नो चासोलाई सम्बोधन गराउन असफल भएको भारतले पञ्चायती व्यवस्था हटाउनका लागि न्वारानदेखिकै बल लगाएकै हो । पञ्चायती व्यवस्थाको अन्त्यपछि पनि नेपालको आन्तरिक मामिलामा खेल्न राजाहरूलाई अवरोधका रूपमा देखेको भारतले अन्तत: विभिन्न राजनीतिक आन्दोलनका बहानामा राजतन्त्रलाई समेत हटाउन सफल बन्यो । पछिल्लो समय दलहरूलाई प्रयोग गरेर संविधानमै आफ्ना एजेण्डा घुसाउन प्रयत्न गरिरहेको भारतले आफ्नो चासोलाई नेपाली दलहरूले बेवास्ता गरेपछि उनीहरूलाई गलाउनका लागि नाकाबन्दी र मधेश आन्दोलनमा उत्रिएको बुझन गाह्रो छैन । तर एकाएक संविधान संशोधनका लागि दलहरूलाई बाध्य बनाएको भारतले अघोषित रूपमै नाका खुलाएर प्रधानमन्त्री ओलीलाई विशेष आतिथ्य दिन जुट्नुले भारत धम्काएर वा फकाएर नेपाललाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्न चाहन्छ भन्ने कुरा प्रष्ट छ । तर प्रधानमन्त्री ओलीले भारतको सम्मानको ऋण तिर्न मुलुकलाई बन्धक बनाउाछन् कि भन्ने अर्काे डर पनि छ । तथापि मुलुकभन्दा ठूलो एक जना व्यक्तिको सम्मान हुन सक्दैन । यस्तो संवेदनशील र गम्भीर विषयलाई अवश्य पनि ओलीले मनन गर्नेछन् र प्रधानमन्त्री हुादाको बखतको आफ्नो अडानलाई यथावत् राख्नेछन् भन्ने आम अपेक्षा रहेको छ । उक्त अडानलाई निरन्तरता दिनसके र मुलुकको हितका बारेमा बहस अघि बढाए भने मात्र उनी विगतमा आफौले गरेको गल्तीको माफीलायक हुनेछन् । अन्यथा राष्ट्रघातीको सूचीमा अर्काे एउटा नाम थपिनुसिवाय केही हुनेछैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here