प्रधानमन्त्री ओली र कााग्रेसी नेताहरूलाई एमाओवादी नेता श्रेष्ठको सुझाव के छ ?

112

प्रधानमन्त्रीको चीन भ्रमणमा लिपुलेकको कुरा उठ्नुपर्छ, कााग्रेस पूर्वसहमतिमा आउनुपर्छ

 

 नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष– एकीकृत नेकपा (माओवादी)

नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्ला ?
संविधान कार्यान्वयनको पहिलो चरणलाई ध्यान दिएर राष्ट्रिय सहमतिको सरकारको कुरा उठेको हो । त्यसको आवश्यकता र महत्वको विषयमा अहिले पनि चर्चा भइरहेको छ । हिजो नेपाली कांग्रेसलाई नेकपा एमाले नेतृत्वको सरकारमा ल्याउन पहल गरिएको हो । प्रारम्भमा समझदारी बनाएर पनि नेपाली कांग्रेस त्यसमा आएन । पछाडि नेपाली कांग्रेसका नेताहरूसाग छलफल गर्दाखेरि महाधिवेशनसम्म छाड्नुस् हामीले केही गर्न सक्ने कुरा भएन, त्यसकारण महाधिवेशनपछि छलफल गरौाला भनेको हुनाले फेरि राष्ट्रिय सहमतिको सरकार निर्माणको कुराले चर्चा पाएको हो । तर तपाईंले भने जस्तो अहिले नै नेपाली कांग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्छ भन्ने कुनै आधार देखापर्दैन ।

तपाईंकै पार्टीका अध्यक्ष प्रचण्डले कांग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्न सक्छ भनेर भन्नुभएको थियो नि ?
हाम्रो प्रस्ताव कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार होइन । राष्ट्रिय सहमतिको सरकार देशलाई आवश्यक भएको सन्दर्भमा पार्टीहरूका बीचमा छलफल हुनुपर्छ भन्ने हो । त्यसो गर्दा अहिले नेकपा एमालेको नेतृत्वमा सरकार छ । पहिलाको समझदारीअनुसार नेकपा एमालेको नेतृत्वमा नै नेपाली कांग्रेस आयो भने साह्रै राम्रो भयो ।

यदि नेकपा एमालेको नेतृत्वमा आउने वातावरण बनेन भने ?
यो राजनीतिक दलहरूबीचको छलफलको प्रक्रियाबाट निधो हुने विषय हो । हाम्रो प्रस्तावचाहिा नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऊ भन्ने होइन ।

नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी हो नि ?
ठूलो पार्टी हो, त्यस आधारमा उहााहरूले सरकारको नेतृत्व पनि गरिसक्नु भयो । अहिले नेकपा एमालेको नेतृत्वमा सरकार छ । कुनै पनि दलको नेतृत्वमा सरकार बन्न दलहरूबीच सहमति हुनसक्छ । त्यसकारणले अहिले नेकपा एमालेको नेतृत्वमा सरकार भएकोले सबैभन्दा राम्रो पहिलाको समझदारीअनुसार नेपाली कांग्रेस यही सरकारमा सामेल भएर सहमतिको सरकार बनाउनु हुन्छ । भएन भने अरु के भन्ने विषयमा छलफल हुन सक्छन् । त्यो सम्भावनाको कुरा हो तर अहिले नै त्यसको आधार तयार भएको छ भन्न सकिन्न ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्दैन भनेर प्रष्टसाग भनिसक्नु भएको छ नि ?
त्यो नेपाली कांग्रेसको कोणबाट उहााले भनेको कुरा भयो । त्यसले गर्दा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नै कमजोर भएको छ । एउटाले नेकपा एमालेको नेतृत्वमा हुादै हुादैन भन्ने र अर्कोले नेपाली कांग्रेसको नेतृत्वमा हुादै हुादैन भन्ने हो भने के हाम्रो पार्टीको नेतृत्वमा हुन सक्छ त ? हाम्रो पहिलो प्रस्ताव नेकपा एमालेको नेतृत्वको वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिनु उपयुक्त हुन्छ । राष्ट्रिय सहमतिको सरकार आवश्यकता हो, हामी सबै मिलेर संविधानलाई कार्यान्वयन गरौा, पुनर्निर्माणको प्रक्रियालाई अगाडि बढाऔा, स्थानीय, प्रादेशिक र संघीय चुनाव सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधि संस्थालाई संस्था सुम्पौा र संविधान कार्यान्वयनको पहिलो चरण पार गरौा । त्यसपछि आर्थिक विकास समृद्धिमा केन्द्रित हौा भन्ने हो भने विभिन्न विकल्पमाथि छलफल हुन सक्छ ।

तपाईंहरूको एमाओवादी नेतृत्वमा सहमतिको सरकार बन्नुपर्छ भन्ने धारणा हो ?
बन्नुपर्छ भन्ने हाम्रो कुनै आकांक्षा छैन । हामीले पहिलादेखि भनेका छौा, हामी तेस्रो पार्टी हौा । हामीले जसरी हुन्छ, जे–जे प्रपञ्च मिलाएर हुन्छ हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्नेमा छैनौा । हामीले त राष्ट्रलाई केन्द्रविन्दुमा राखेर भनेको कुरो के हो भने राष्ट्रिय सहमतिको सरकार हुनु बेस भनेको हो तर राष्ट्रिय सरकार नै हाम्रो प्रमुख एजेण्डा होइन ।

तपाईंहरू प्रचण्डलाई फेरि प्रधानमन्त्री बनाउने पक्षमा हुनुहुन्न ?
हामीले तेस्रो पार्टी हुनुको नाताले हाम्रो नेतृत्वमा सरकार हुनुपर्छ भन्ने कुनै मुभ गरेका छैनौा । तर राष्ट्रको आवश्यकतालाई ध्यान दिएर हाम्रै पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार हुनुपर्छ भनेर नेपाली कांग्रेस र नेकपा एमालेका साथीहरू तयार हुनुभयो भने त्यसका निम्ति हामीले आफूलाई तयार नै नपार्ने भन्ने चाहिा हुादैन । त्यो एउटा सम्भावना त हुन सक्छ ।

कांग्रेस र एमाओवादीको गठबन्धन बन्न सक्छ ?
त्यसरी हामीले बहुमतको सरकार बनाउने त सोचेका छैनौा । बहुमतकै सरकार बन्ने हो भने त एमाले र हाम्रो सरकार छादै छ नि ।

तपाईंहरूले नै त यो सरकार असफल भयो भनेको होइन ?
अहिलेको सरकारको काम कारबाहीको बारेमा हाम्रो गम्भीर समीक्षात्मक टिप्पणीहरू छन्, त्यो कुरा सही हो । यो सरकारको कामकारबाहीलाई अझै प्रभावकारी, परिणाममुखी बनाउनका निम्ति मिहिनेत गर्नुपर्छ भन्ने पनि हाम्रो निष्कर्ष छ । हामीले यो निष्कर्ष निकालेका छैनौा कि यो सरकारको ठाउामा अर्को सरकार बनाउनुपर्छ वा सरकारबाट फिर्ता भई हाल्नुपर्छ भन्ने ।

मन्त्रीहरूले काम गर्न सकेनन् फिर्ता बोलाउनुपर्छ भनेर तपाईंले नै भनेको होइन ?
त्यस विषयमा हाम्रो छलफल र बहस छादै छ । त्यसपछि हाम्रा मन्त्रीहरूले पनि अलिक प्रयत्नहरू गरिरहनुभएको छ । तर केपी ओली नेतृत्वको सरकारको समग्र कामलाई नै हामीले के भनेका छौा भने नेपाली जनताले अपेक्षा गरेअनुसारको काम भइरहेको छैन, अझै प्रभावकारी र परिणाममुखी बनाउनुपर्छ । यसैको निम्ति जोड गर्ने मिहिनेत गर्ने भन्ने हाम्रो निष्कर्ष हो । यो सरकारलाई विस्थापन गरेर अर्को सरकार बनाउने वा यो सरकारबाट फिर्ता हुने निष्कर्ष हामीले निकालिसकेका छैनौा ।

प्रधानमन्त्रीलाई चीन नेपाली कि चिनियाा विमानमा पठाउने ?
त्यो सरकारले निर्णय गर्ने कुरा हो । आफ्नै विमानमा जानु होला ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण सफल हुन्छ ?
हुनु पर्छ ।

भ्रमण सफल हुने आधार छ ?
आधार छ । चीन र नेपाल दुईटा यस्ता छिमेकी मुलुकहरू हुन्, जसको बीचमा कुनै गम्भीर वा महत्वपूर्ण किसिमको कुनै समस्या रहेन । यस प्रकारको छिमेकी मुलुकहरू दुनियाामा कम मात्रै छ । अहिलेको सन्दर्भमा हामीले चीनसाग विशेष ढंगले आर्थिक, व्यापार, पारवहनको विषयमा प्रस्ताव पठाएर छलफल गरिरहेको स्थिति छ । यो सबै परिस्थितिमा प्रधानमन्त्रीको चीन भ्रमण नेपाल र चीनबीचको छिमेकी मैत्रीपूर्ण सम्बन्धलाई अझै मजबुद बनाउन र दुई देशको हितमा आधारित भएर अरु केही सम्झौताहरू गर्न सफल हुने छ भन्ने हामीले आशा गरेका छौा ।

भारत जाादा राष्ट्रिय स्वाधीनता, राष्ट्रियताको कुरा उठ्छ, राष्ट्रिय हितलाई सर्वोपरि राखेर सम्झौता गर्नुस् भन्नुहुन्छ तर चीन जाादा चाहिा केही पनि भन्नुहुन्न नि ?
नेपाल राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता, नेपालको स्वाधीनता, स्वाभिमान र हितलाई नै केन्द्रविन्दुमा राख्नुपर्छ र यसमा आाच आउने कुनै पनि प्रकारको गतिविधि हुनुहुन्न भन्ने पक्षमा हामी स्पष्ट छौा । लिपुलेकको विषयमा चीन र भारतको एउटा सम्झौतामा परेपछि सबैभन्दा पहिले राजनीतिक पार्टीहरूको तर्फबाट प्रतिक्रिया दिने र चीनको नेपालमा भएको राजदूतलाई बोलाएर आपत्ति प्रकट गर्ने र सच्याउन आग्रह गर्ने म नै हुा ।

प्रधानमन्त्रीलाई चीन भ्रमणमा लिपुलेकको कुरा उठाउन भन्नुहुन्छ ?
नेपालको राष्ट्रिय स्वार्थमा कसैसाग कुनै सम्झौता हुन सक्दैन । सरकारमा रहेका पार्टीहरूका तर्फबाट हामी चीन भ्रमणमा के–के कुरा उठाउने र के–के कुरा पार लगाउने भन्ने विषयमा गम्भीर छलफल गर्छौा । त्यो छलफलको सन्दर्भमा एउटा विषय लिपुलेक पनि हुन्छ ।

दुई माओवादीबीच एकता हुने निश्चित भएको हो ?
एकताको चाहना हामीले गरेकै छौा । त्यसमा प्रयत्न पनि भइरहेको छ । हामी त पार्टी फुट्नु नै गलत हो भन्ने शक्ति भएको हुनाले एकता गराउन चाहन्छौा । पार्टी फुटाएर यो पार्टीलाई आरोपित गरेर किरणजी अलग हुनुभएको हो । उहााहरू पनि एकताको पक्षमा आउनुभयो भने राजनीतिक र सैद्धान्तिक विषयमा समान धारणा तय गर्दै हामी पार्टी एकताको पक्षमा रहन्छौा । त्यसको निम्ति प्रयत्न भइरहेको छ तर अहिले टुंगोमा पुगिसकेको छैन ।

तपाईंहरू मोहन वैद्यलाई अध्यक्ष र प्रचण्डलाई संसदीय दलको नेता बनाउन तयार हुनुभएको हो ?
यो कुरा सत्य होइन, यो एजेण्डामा छलफल नै भएको छैन ।

प्रचण्डले त मोहन वैद्यलाई म अध्यक्ष बनाउन तयार छु भन्नुभएको छ नि ?
त्यो त उहााले सामान्य सिद्धान्तको कुरा गर्नुभएको हो । उहााले नेपालका सबै माओवादी क्रान्तिकारीहरूलाई एकताबद्ध गर्न र सबैलाई एकीकृत गरेर नेपालको नयाा चरणको कार्यदिशाको नेतृत्व गर्ने सुदृढ क्रान्तिकारी पार्टी बनाउन म जुनसुकै त्याग गर्न पनि तयार छु भन्ने सन्दर्भमा त्यो नीतिगत कुरा गर्नुभएको हो । उहााले हाम्रो दुई पार्टीबीच छलफल भएर वैद्यजी तपाईं अध्यक्ष बन्नुस् म बन्दिना भनेर प्रस्ताव राखेको भन्ने कुरा सत्य होइन । पार्टी एकतामा आधारभूत राजनीतिक लाइनमा समझदारी बनाउने कुरा मुख्य हो । त्यसमा समझदारी भएर अब पार्टी एकताको पक्षमा जाने भयौा भनेपछि टेक्निकल कुरामा प्रवेश गर्छौा ।

तपाईं मोहन वैद्यलाई एमाओवादीको अध्यक्ष स्वीकार्न तयार हुनुहुन्न ?
त्यो कुरा सत्य होइन । हामीले यसमा छलफल नै गरेका छैनौा । सिद्धान्तनिष्ठ एकता हुने भएकोले अहिले लेनदेन हुने भन्ने कुरा हुादैन । राजनीतिक लाइन मिलेपछि सांगठनिक संरचनाको विषयमा कुरा आउाछ । अहिले राजनीतिक लाइन र सैद्धान्तिक विषयमा कसरी एकरूपता बनाउने छलफल चलिरहेको छ ।

तपाईंको कारणले पार्टी एकता त रोकिादैन ?
मेरो लागि पद महत्वपूर्ण कुरा होइन । म पार्टी एकताको लागि हिजो पनि प्रयत्न गर्ने मान्छे, फुट्न लाग्दा हुादैन भनेर प्रयत्न गर्ने मान्छे । अहिले पनि सबै क्रान्तिकारीहरू एकताबद्ध हुनुपर्छ भनेर प्रयत्न गरिरहेको मान्छे । मेरो कुरा पार्टी रूपान्तरण र पुनर्गठन हुनुपर्छ । रूपान्तरण र पुनर्गठनको प्रक्रियाले विस्तारित गरेर एकता र धु्रवीकरणको प्रक्रियामा सबै कम्युनिष्ट क्रान्तिकारीहरूलाई ल्याएर एकीकृत क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्छ भन्ने म मान्यता राख्छु ।

मधेसको मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न सक्नुहोला ?
गर्नुपर्छ । पहिला जुन विषयमा प्रधानमन्त्रीले फरक मत र अडान राख्नु हुन्थ्यो त्यो विषयमा त हामीले संविधान संशोधन गरिनै सक्यौा । जुन कुरा संविधान जारी गर्ने बेलामा एमाओवादीले फरक मतको रूपमा राखेको थियो त्यो मतभेदको आधारमा पनि केही संशोधन भईनै सकेको छ । बााकी विषय पनि छलफल गरेर समाधान गर्ने दिशामा जानै पर्छ । यो समस्यालाई लामो समयसम्म लम्ब्याउनु कुनै पनि कोणबाट उपयुक्त छैन । हामीले राजनीतिक समस्यालाई राजनीतिक रूपमा संबोधन गरेर सम्पूर्ण रूपमा पुनर्निर्माण र संविधान कार्यान्वयनको पहिलो चरणलाई सफलतापूर्वक सम्पन्न गरेर जानुपर्छ ।

– प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here