महानगरपालिकाका कार्यकारी नै भ्रष्टाचारको संरक्षक !

211

काठमाडौं/ काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका गतिविधिहरू भ्रष्टाचारलाई मलजल गर्नेखालका देखिएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशनअनुरूप बनाइएको अनुदान तथा आर्थिक सहायता विनियमावली खारेज गर्दै कार्यकारी अधिकृत तामाङ भ्रष्टाचारलाई संस्थागत र भरणपोषण गर्न लागिपरेको देखिएको छ ।
महानगरपालिकामा आर्थिक सहायताको नाममा विभिन्न संघसंस्थालाई मनलाग्दी रूपमा रकम वितरण हुन थालेपछि २ वर्षअघि उक्त विनियमावली अख्तियारको निर्देशनमा बनाइएको थियो । तत्कालीन कार्यकारी अधिकृत गणेश राईको पालामा विभिन्न संघ–संस्था, व्यक्तिलाई जथाभावी आर्थिक सहयोग दिएको उजुरी परेपछि आयोगले तत्काल विनियमावली बनाएर मात्र आर्थिक सहयोग गर्न निर्देशन दिएको थियो । त्यसका साथै धार्मिक, जातीयलगायत विभिन्न संघ–संगठनका साथै विभिन्न सांस्कृतिक जात्रा पर्वमा जथाभावी सहयोग गर्न थालेपछि उक्त विनियमावली बनाउन आयोगले निर्देशन दिएको थियो । तर अहिले उक्त विनियमावलीलाई खारेज गर्दै कार्यकारी अधिकृत तामाङले जथाभावी विभिन्न संघ–संस्था र व्यक्तिलाई आर्थिक सहयोग गर्न थालेका छन् । अख्तियारको निर्देशनलाई लत्याउादै तामाङले जथाभावी रूपमा लाखौा रूपैयाा स्वीकृत गर्न थालेका छन् । उनले विनियमावली खारेज गरी तीन सदस्यीय बोर्ड बनाए आफूखुसी संघसंस्थालाई आर्थिक सहयोग दिन थालेका छन् । तामाङले आर्थिक सहयोग गर्नका लागि कुनै मापदण्ड नै नबनाई महानगरपालिकाको कोष दुरूपयोग हुने गतिविधि गरिरहेको कर्मचारी स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here