आत्मनिर्भरको बाटोमा नेपाली सेना

200

काठमाडौं/ हालैमात्र हेटौंडा कपडा उद्योग पुन: सञ्चालनका लागि उद्योग मन्त्रालयमा प्रस्ताव पठाएको नेपाली सेस्ना आफ्ना लागि आवश्यक पर्ने ेलत्ताकपडामा आत्मनिर्भरउन्मुख भएको छ । नेपाली सेनाले हालसम्म ब्ल्यांकेट, झुल, ट्राउजर, मोजा र क्यापलगायतका आवश्यक सामग्रीहरूको उत्पादनमा आत्मनिर्भर बनिरहेको जनाएको छ । आगामी आर्थिक वर्षदेखि थप कपडाहरू पनि उत्पादन गर्ने सेनाले जनाएको छ । ९५ हजार जनशक्ति रहेको नेपाली सेनाले हालैमात्र काठमाडौं महानगरभित्र साढे चार करोड लगानीमा कपडा उद्योग सञ्चालनका लागि पनि अनुमति पाएको छ । यसबाट आवश्यक अन्य लत्ताकपडा उत्पादन गर्ने सेनाको लक्ष्य रहेको छ । सेनाले आफ्ना लागि आवश्यक पर्ने चुस्ता, ज्याकेटलगायतका कपडाहरू भने अहिले पनि विदेशबाट तथा आन्तरिक बजारबाट ल्याउादै आएको छ ।
पछिल्लो समय नेपाली सेना आफू मात्र नभई समग्र मुलुकलाई नै आत्मनिर्भर बनाउने बाटोमा अघि बढिरहेको संकेत मिलेको छ । नेपाली सेनाले सडक निर्माणदेखि जलविद्युत् उत्पादन र कठिन किसिमका पूर्वाधार निर्माणका लागि गरिरहेको प्रयासले पनि यसलाई पुष्टि गरिरहेको छ । यसले नेपाली सेना मुलुकलाई आत्मनिर्भर बनाउनका लागि चिन्तित रहेको देखाउाछ । नेपाली सेनाले मुलुकको विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरे पनि सैन्य शक्ति विस्तारमा भने खासै महत्वपूर्ण कार्य गर्न सकिरहेको छैन । यसले नेपाली सेना मुलुकप्रति चिन्तित हुादा हुादै पनि सैन्य क्षमताका आधारमा कमजोर छ कि भन्ने चिन्ता आम नेपालीहरूले गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here