काेराेना भाइरसकाे संक्रमित बढिरहेपछि बंगालदेशले भारतको सीमामा सिल

113

एजेन्सी  । भारतमा कोरोनाभाइरसका संक्रमण बढेको बढ्यै भएपछि छिमेकी बंगालदेशले भारतसँगको सीमा सिल गरेको छ।

बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनमा सोमबारदेखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश बन्द गरिएको हो। नाका सिल भए पनि सामानहरूको ढुवानी भने जारी रहनेछ।

बंगलादेशले यसअघि अप्रिल १४ बाट भारतसँगको हवाई सम्पर्क बन्द गरेको थियो। पछिल्लो समय भारत कोरोनाको हटस्पट बनेको छ। सोमबार भारतभरि ३ लाख १९ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने २ हजार ७ सयले ज्यान गुमाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here