एउटा कागतीको मूल्य ६२ हजार

239

भारतमा एउटा कागती ६२ हजार रूपैयाामा बिक्री भएको छ । भारतको तमिलनाडुस्थित बेलमपुर जिल्लामा एउटा कागती ३९ हजार भारुमा लिलाम भएको हो । उक्त कागतीको गेडा यति महंगो तथा अपत्यारिलो मूल्यमा लिलाम हुनुको कारण भने स्थानीय पंगुनी उथिराम नामको एक पर्वका अवसरमा भगवानको भालामा रोपिएको कागती भएर हो ।
हरेक वर्ष हुने उक्त ११ दिने उत्सवको अन्तिम दिन भगवान मुुरुगनको भालामा लटकाइएको फलफुलको लिलामी गरिन्छ । यस्तो फल जसले किन्दछ उसलाई समृद्धि प्राप्त हुन्छ र सन्तान नभएकाहरूलाई सन्तान लाभ पनि प्राप्त हुन्छ भन्ने मान्यता छ । त्यसकारण पनि उक्त कागती यति महंगो मूल्यमा बिक्री भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here