दुनियाकै लामो र गहिरो सुरुङमार्ग

355

स्विजरल्याण्डमा दुनियाको सबैभन्दा लामो तथा गहिरो सुरुङमार्ग निर्माण गरिएको छ । आल्पस पर्वतलाई छेडेर बनाइएको उक्त सुरुङ रेलमार्ग ५७ दशमलव १ किलोमिटर लामो छ र यो पूर्णरूपमा तयार हुन १७ वर्ष लागेको थियो । यो सुरुङमार्गको नाम हो, गोटहार्ड बेस टनेल र यसले पूरै आल्पस पर्वतलाई छेडेको छ । यो सुरुङ बनाउने पूरै २३ अर्ब स्विस फ्य्रांक खर्च भएको छ । यो सुरुङले उत्तरी र दक्षिणी युरोपबीचको दूरीलाई एकदम कम गरिदिनेछ । ५७ किलोमिटरभन्दा लामो यो सुरुङमार्गमा रेल कुादेर पार गर्न जम्मा १७ मिनेट लाग्नेछ । यो सुरुङ मार्गमा परीक्षणपछि दिनहुा झण्डै २६६ मालवाहक गाडी तथा ६५ वटा यात्रुबाहक रेल गुड्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here