बहुगुणी तुलसीका फाइदै फाइदा 

733

आयुर्वेदमा निकै नै उपयोगी मानिने तुलसीलाई बहुगुणी जडीबुटीका रुपमा पनि चिनिन्छ । तुलसीमा रहेको कैयाौ औषधीय गुणका कारण यसको प्रयोग विभिन्न रोगबाट मुक्त हुन गरिन्छ । हृदय रोग होस् या चिसोबाट लाग्ने रुघाखोकी, तुलसीको प्रयोग उपयुक्त मानिन्छ । यसको सेवनबाट हुने फाइदाका बारेमा तल उल्लेख गरिएको छ :

चिसो तथा रुघाखोकीमा लाभदायक :

चिसोका कारण रुघाखोकी भएमा तुलसीका पातहरुलाई चियाको रुपमा उमालेर खानाले राहत मिल्छ । तुलसीलाई तीव्र ज्वरोलाई कम गर्न पनि प्रयोग गरिन्छ । सामान्यतया सबै किसिमका कफ सिरफ बनाउनका लागि तुलसीको प्रयोग हुने गर्छ । यसले कफ सफा गर्न मद्दत गर्छ । तुलसीका कोमल पातहरु चपाउनाले खोकीमा राहत मिल्छ ।

घााटी सफा राख्न सहयोग गर्छ :

तुलसीका पातको चिया पिउनाले घााटीमा उत्पन्न भएको समस्यालाई समाधान गर्छ । तुलसीको पात उमालेर उक्त पानीले घााटी कुल्ला गर्नाले घााटीसम्बन्धी समस्याबाट राहत पाउन सकिन्छ । बालबालिकाको ज्वरो, खोकी तथा उल्टीलगायतका समस्यामा पनि तुलसी उपयोगी हुन्छ ।

श्वाससम्बन्धी समस्यामा उपयोगी :

तुलसीको प्रयोग श्वासप्रश्वाससम्बन्धी समस्यामा पनि उपयोगी हुन्छ । मह, अदुवा र तुलसी मिक्स गरेर बनाएको गाढा रस पिउनाले ब्रोंकाइटिस, दम, कफ तथा चिसो लागेको लगायतका समस्याबाट राहत पाउन सकिन्छ । नुन, ल्वाङ्ग र तुलसीका पातबाट बनाएको गाढा रस पिउनाले इन्फूलुन्जा (एक किसिमको ज्वरो)मा राहत मिल्छ ।

मिर्गौलाको पत्थरीमा राहत :

तुलसी मिर्गौला स्वस्थ बनाउन पनि उत्तिकै उपयोगी हुन्छ । यदि कसैको मिर्गौलामा पत्थरी भयो भने उसलाई मह मिलाएर तुलसीको रस नियमित खुवाएमा निकै लाभदायक हुन्छ ।

मुटुरोग :

तुलसी रगतमा कोलेस्ट्रोलको मात्र घटाउन सहयोगी हुन्छ । त्यसैले मुटुरोगीका लागि यो विशेष हुने गर्छ ।

तनावबाट मुक्त :

तुलसीको पातमा तनावबाट मुक्त गराउने गुण पनि पाइन्छ । हालै भएको एक अध्ययनले तुलसी तनावबाट बचाउन सहयोगी हुने पत्ता लागेको छ । अध्ययनका अनुसार तनावबाट मुक्त हुन तुलसीका १२ पात नियमित रुपमा दैनिक दुई पटक सेवन गर्नाले निकै फाइदा हुन्छ ।

संक्रमण तथा छाला रोगमा लाभदायक :

अल्सर र मुखसम्बन्धी अन्य संक्रमणमा तुलसीका पात उपयोगी मानिन्छ । दैनिक केही तुलसीका पात चपाउनाले मुखको संक्रमण टाढा हुन्छ । त्यस्तै दादलगायतका छालासम्बन्धी रोगमा तुलसीको रस प्रयोग गर्नाले समस्या समाधान हुन्छ ।

श्वासको दुर्गन्ध हटाउन सहयोगी :

तुलसीका सुख्खा पातलाई तोरीको तेलमा मेलाएर दात सफा गर्नाले श्वासको दुर्गन्ध हट्छ । त्यस्तै टाउको दुखेका बेला तुलसी महत्वपूर्ण औषधिका रुपमा प्रयोगमा आउाछ । आाखाको जलनमा पनि तुलसीको रस महत्वपूर्ण मानिन्छ । दैनिक दुई थोपा श्यामा तुलसीको रस आाखामा राख्नाले आाखाको जलनमा राहत मिल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here