जापानमा खुल्दै छ निर्वस्त्र रेष्टुरेन्ट

158

मानव सभ्यताको सुरुवातमा कपडाको आविष्कार नहुादा मानिसहरू नांगै बस्दथे । तर एक्काइसौा शताब्दीसम्म आइपुग्दा मानिसलाई आफ्नो शरीर ढाक्न कपडाको कमी छैन । शरीर ढाक्नका लागि कपडा उपलब्ध भएता पनि मानिसहरू भने फेरि नांगै रहन रुचाउन थालेका छन् । यसको उदाहरण हो जापानमा खुलेको निर्वस्त्र रेष्टुरेन्ट ।

 

जापानमा जुलाईमा नग्न रेष्टुरेन्ट खुल्ने भएको छ । टोकियोमा आगामी जुलाई २९ मा यो रेष्टुरेन्ट खुल्नेछ । तर रेष्टुरेन्टमा प्रवेश गरेदेखि भोजनसम्मका सबै काम निर्वस्त्र भएर गर्नुपर्नेछ । यदि कोही व्यक्ति चाहन्छ भने रेष्टुरेन्टभित्र नांगै विवाह पनि गर्नसक्नेछ । रेष्टुरेन्टमा कागजका अन्डरवेयर लगाउन पनि पाइनेछ । यो रेष्टुरेन्टमा मोटा मानिसहरूलाई प्रवेश दिइनेछैन । त्यस्तै, जिउमा टाटु भएकाहरूले पनि यो रेष्टुरेन्टमा प्रवेश पाउनेछैनन् । १८ देखि ६० वर्षसम्मका ग्राहक मात्र रेष्टुरेन्टमा प्रवेशका लागि योग्य हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here