माओवादी केन्द्रले ल्यायो नयाा नारा

184

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी अब जनताका घरघरमा जाने योजनामा रहेको जनाउनु भएको छ । पार्टी एकताले नयाा आत्मविश्वास र आशा पैदा गरेको भन्दै ‘जनताको घरमा’ भन्ने नारासहित अभियानको तय गरेको उहााले खुलासा गर्नुभयो । त्यस्तो अभियान मंसिर महिनासम्म सञ्चालन हुने जानकारी प्रचण्डले गराउनु भयो । अखिल नेपाल ट्रेड युनियन महासंघहरूको राष्ट्रिय एकता सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते योद्धाहरू, आमउत्पीडित जनतालाई पार्टी फुटले निकै चिन्तित बनाएको तर अहिले सहिदको सपना र जनताको भावनालाई पूरा गर्न आफौलाई निषेध गरी नयाा क्रान्तिकारी शक्तिको निर्माण गरेको उल्लेख गर्नुभयो । नेपालमा माओवादीले ठूल्ठूला राजनीतिक परिवर्तनको नेतृत्व गरेको, त्यसमा खासगरी विचारधारात्मक रूपले नयाा स्कुलको विकास गरेको दाबी गर्नुभयो ।

 
एकता सम्मेलनका क्रममा पार्टीका सेल कमिटी गाउापालिकाका सम्मेलन, नगरपालिका सम्मेलन, जिल्ला सम्मेलन, प्रदेश सम्मेलन र महाधिवेशनलाई व्यापक र भव्य जनपरिचालनका साथ सम्पन्न गर्ने निर्णय भएको जानकारी पनि उहााले गराउनु भयो ।

 
यसैबीच अखिल नेपाल ट्रेड युनियन महासंघलगायत विभिन्न छवटा मजदुर संगठनको संयुक्त अधिवेशनले सालिकराम जम्मरकट्टेलको अध्यक्षतामा ७६५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा गणेश रेग्मी, जय कार्की, धनबहादुर विक, सोनालाल साह, उषा देवकोटा, एसबी थापा, कार्साङ लामा, राजेन्द्र किरााती रकुमार छन्त्याललाई चयन गरेको छ ।

 
अधिवेशनले महासचिवमा जगत सिम्खडालाई निर्वाचित गरेको छ । अधिवेशनले मजदुरको पेसागत हित, श्रम ऐनको कार्यान्वयन एवम् बदलिादो परिवेशमा समयमानुकूल श्रम तथा सोसाग सम्बन्धित ऐन नियमको निर्माणलगायतका विषयमा राजनीतिक प्रतिवेदनसमेत पारित गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here