काठमाडौं/ चलचित्र ‘ब्रासलेट’मा नायक रमेश उप्रेतीले पुनरागमन गर्ने भएका छन् । नायक रमेश केही वर्षअघिसम्म नेपाली चलचित्रका चल्तीका नायकका रुपमा परिचित थिए । अमेरिका भासिएपछि रमेश नेपाली चलचित्र क्षेत्रबाट टाढा भएका थिए ।
पछिल्लो समय पुराना नायकहरुले भटाभट नेपाली चलचित्रहरुमा पुनरागमन गरिरहेका छन् । नायक निखिल उप्रेती, विराज भट्टलगायतका कलाकारहरुले फेरि नेपाली चलचित्र खेल्न फर्किएका छन् । अहिले नायक रमेश उप्रेती पनि त्यही लहरमा उभिएका छन् ।
चलचित्रको ब्रासलेटको निर्माता भने कलाकार केशव भट्टराई रहेका छन् । उनले रमेश उप्रेतीको प्रशंसा गर्दै कम्प्लिट नायकको उपमा दिए । यस चलचित्रमा रजनी केसी नायिकाको रुपमा रहेकी छिन् । यो चलचित्र आउादो भदौ १७ गतेबाट रिलिज हुने जनाइएको छ । चलचित्रलाई निर्मल शर्माले निर्देशन गरेका हुन् ।

















