सुन स्थिर हुँदा चाँदीको मूल्य बढ्याे

64

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यता चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here