राष्ट्रपतिले नांगै काम गर्न भनेपछि

283

बेलारुसमा अहिले मान्छेहरू नग्न भएर काम गर्न थालेको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बेलारुसका राष्ट्रपतिको एक भनाइपछि मानिसहरू सोसल मिडियामा आफ्ना नग्न तस्बिरहरू पोष्ट गरिरहेका हुन् । राष्ट्रपति एलेक्जेन्डर ल्यूकाशेंकोले देशलाई आर्थिक संकटबाट कसरी पार लगाउन सकिन्छ भन्ने विषयमा दिएको भाषणमा ‘लुगा फुकाल र पसिना नआउन्जेलसम्म काम गर’ भनेका थिए । यो भनाइ सार्वजनिक भएलगत्तै मानिसहरूले लुगा फुकालेर अफिसमा काम गरिरको तस्बिर सार्वजनिक गर्न थाले । मानिसहरूले आफूले काम गर्ने ठाउामा नग्न तस्बिर खिचाउादै आफूहरूले राष्ट्रपतिको भनाइलाई निकै गम्भीर भएर लागू गरेको देखाउन खोजेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here