महिलाद्वारा मृत लोग्नेको शुक्रकिट माग

320

भारतमा एक महिलाले आफ्नो मृत लोग्नेको पोष्टमार्टमको समयमा मृत लोग्नेको शुक्रकिट निकालेर आफूलाई दिन आग्रह गरेकी छिन् । भारतको सबैभन्दा ठूलो सरकारी अस्पताल एम्सका डाक्टरहरूको अगाडि ती महिलाले यस्तो माग गरेकी हुन् । एम्सका फोरेन्सिक मेडिसिन विभागका प्रमुख डाक्टर सुधिर गुप्ताका अनुसार ती महिला लोग्नेको मृत्युपछि पनि उनीबाटै बच्चाको आमा बन्न चाहन्थिन् ।
तर महिलाले भने अनुसार डाक्टरहरूले मृत पुरुषको शुक्रकिट निकाल्न इन्कार गरे । बच्चाको कानुनी अधिकार, पिताको इच्छा तथा आमाको जिम्मेवारीसाग जोडिएको विषय रहेको र यस विषयमा निर्देशिका बन्नु जरुरी रहेको भन्ने जवाफ आफूहरूले दिएको उनले जनाए । मृत्युपछि पनि पुरुषको अण्डकोषमा शुक्राणुहरू केही समय जीवित नै रहन्छन् । तर मृत पुरुषको अण्डकोषबाट शुक्रकिट निकाल्ने बारेमा भारतमा अहिलेसम्म कुनै पनि कानुन बनेको छैन । त्यहाा शुक्रकिट दानको बारेमा त कानुन छ तर त्यसले मृत लोग्नेबाट श्रीमतीले शुक्रकिट लिन पाउने कुरा उल्लेख छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here