१०१ वर्षीया वृद्धाले बच्चा जन्माइन्

306

सुन्दा अनौठो र विश्वास नलाग्न सक्छ । तर इटालीमा यस्तै एउटा घटना भएको छ । इटालीकी एक सय एक वर्षीया वृद्धाले बच्चालाई जन्म दिएकी छिन् । इटालीकी वृद्धा एनाटोलिया भर्टाडेलाले ९ पाउन्ड अर्थात ४ केजीको बच्चा जन्माएकी छिन् । विवादास्पद डिम्बाशय प्रत्यारोपणपश्चात् उनले सो बच्चालाई जन्म दिएकी हुन् । उनको उमेरका कारण चिकित्सकहरू यसको विरुद्धमा थिए । यो प्रक्रिया अवैध भए पनि उनले टर्कीको एक निजी क्लिनिकमा डिम्बाशय प्रत्यारोपण गरेकी हुन् । बेलायती कानुनले यस्ता प्रकारको प्रत्यारोपणलाई मान्यता नदिने भएकाले उनी यसका लागि टर्की गएकी थिइन् । डाक्टरको एक समूहले उनको शल्यक्रिया गर्ने निश्चित गरेपछि उनी निकै खुसी भएकी थिइन् । उनले १७औं बच्चालाई जन्म दिन सकेकोमा आफू निकै खुसी भएको जनाएकी छिन् । उनले यो सबै भगवानको कृपाले सम्भव हुन सकेको दावी गरिन् । ४८ वर्षको उमेरमा डिम्बाशयको क्यान्सर भएकी उनले त्यतिबेला भगवानले १६ वटा बच्चा जन्माएकोमा सजाय दिएको सोच्थिन्, तर अहिले फेरि बच्चा जन्माउनुलाई पनि उनले भगवानको कृपा नै भन्ने गरेकी छिन् । बच्चाको जन्म शल्यक्रियामार्फत् गराइएको थियो । डाक्टरका अनुसार ती वृद्धाको अवस्था निकै राम्रो छ । उनी स्वस्थ र राम्रो सोचमा रहेकी छिन् । ती वृद्धासाग आफ्नो बच्चालाई दिनका लागि अझ केही वर्षहरू बााकी रहेको डाक्टरहरूले जनाएका छन् । ती वृद्धाका श्रीमान सन् १९९८ मा बितेका थिए । यसका लागि उनीहरूले स्पर्म डोनर पाए जसका कारण बच्चाको जन्म सम्भव भएको हो ।

 
एन्टोलियाले अनलाइनमार्फत आफ्नो बच्चाको बुवा भेटेकी हुन् । उनका अनुसार बच्चाको बुवा २७ वर्षका क्याथोलिक हुन् । ती बच्चाको बुवाको उनीसाग केही पनि सम्बन्ध नरहने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here