अर्बपतिकी छोरी बिहे गर्नेलाई १८ अर्ब दाइजो अफर

320

एक अबरपति चिनिया व्यवसायीले आफ्नी छोरीसाग बिहे गर्नेलाई १८ करोड डलर अर्थात १८ अर्ब नेपाली रूपैयाा नगद दाइजो दिने घोषणा गरेका छन् । चिनिया अर्बपति सेसिल चाओ जे सुंगले यस्तो घोषणा गरेका हुन् । उनले आफ्नी समलिंगी छोरीलाई बिहे गरेर अन्माइदिन मोटो रकम दाइजोको प्रस्ताव गरेका हुन् । उनकी छोरी गिगी लेस्बियन छिन् । उनी पछिल्लो ९ वर्षदेखि आफ्नो एक लेस्बियन साथीसाग बस्दै आएकी छिन् । उनलाई बिहे गर्ने कोही पनि केटा तयार भएका छैनन् । त्यसैका कारणले अर्बपति पिताले छोरीको बिहे गरिदिन यस्तो मोटो रकमको जुक्ति निकालेका हुन् ।

 
दाइजोको लोभ देखाएर छोरी बिहे गरिदिने यो उनको दोस्रो प्रयास हो । यसपटक उनले अफरको रकम निकै बढाएका छन् । यो भन्दा पहिले सन् २०१२ मा गिगीको विवाहका लागि उनले छोरीसाग बिहे गर्नेलाई झण्डै ७ अर्ब रूपैयााको प्रस्ताव गरेका थिए । मोटो रकम पाउनका लागि अर्बपतिकी छोरीसाग बिहे गर्न २० हजार युवकहरूले दरखास्त हालेका भए पनि कोही पनि सफल भएनन् । यो पटक दाइजो रकम दोब्बर पारेपछि लेस्बियन छोरीको पक्कै बिहे हुने उनले विश्वास लिएका छन् । उनले सोसल मिडियामार्फत छोरीको बिहेको विषयमा निकै प्रचार गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here