काठमाडौं- नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका विभिन्न स्थानमा ५ घण्टासम्म बत्ती काटिने जनाएको छ।
प्राधिकरणका अनुसार लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र बालाजु वितरण केन्द्रभित्र पर्ने सबै स्थानमा शनिबार दिउँसो लाइन सटडाउन हुनेछ। यी स्थानहरुमा वितरण प्रणाली मर्मत सम्भार गर्न लागिएकाले लाइन काटिने प्राधिकरणको भनाइ छ।
लगनखेल र पुल्चोक वितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा मिटरिङ युनिट परिवर्तन गर्नुपर्ने भएकाले शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सटडाउन हुनेछ। उक्त फिडरअन्तर्गत गणेशथान, एकान्तकुना, खाद्य गोदाम, मेडीसिटी हस्पिटल, आदिनाथ मार्ग्, गणेश मन्दिर, मन्जु श्री मार्ग, भन्ज्याङ् पिपल बोट, मगर गाउँ, सानो खोकना, खोकाना, कार्यविनायक, बुङमती क्षेत्र, नेवा ईट्टा, चुनिखेल, कतार एम्बेस्सी, खोईचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्तीलगायतका क्षेत्रहरुका बत्ती काटिनेछ।


















