प्रचण्डसामु सत्तालाई सम्भावनामा बदल्ने अवसर

144

काठमाडौ/ हिजो व्यवस्थापिका–संसदमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ अत्यधिक बहुमतले ३९औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा अगावै प्रचण्डले राजनीतिलाई सम्भावनाको खेल भन्दै संसद बैठकलाई सम्बोधन गर्नुभयो । ओली नेतृत्वको सरकारको बहिर्गमन र प्रचण्ड नेतृत्वको सरकार निर्माणको औपचारिक बाटो खुलेको उक्त बैठकमा बोलेका कुराको औचित्य पुष्टि गर्नुपर्ने ठाउामा नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड पुग्नुभएको छ । संसदलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले आफू राष्ट्रिय स्वाधीनताका निम्ति लड्दै आएको र आगामी दिनहरूमा पनि लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री पदबाट राजीनामा गर्ने क्रममा केपी ओलीले लगाउनुभएका आरोपहरूको बुादागत खण्डन गर्दै प्रचण्डले चीन र भारतसाग भएका सन्धिसम्झौताहरूको कार्यान्वयनमा आफ्नो प्रतिबद्धता रहने पनि प्रचण्डले व्यक्त गर्नुभयो ।
प्रचण्ड अब आफ्नो भनाइलाई व्यवहारमा पुष्टि गर्नुपर्ने हैसियतमा पुग्नुभएको छ । पुरानो सरकारको बहिर्गमन र नयाा सरकार निर्माणको चरणबाट गुज्रदै गर्दा उहााले विभिन्न आरोप तथा आलोचनाहरूसमेत खेप्नु परिरहेको छ । यस्ता आलोचना र आरोपहरू मिथ्या हुन् र सत्य फरक हो भनेर पुष्टि गर्नुपर्ने चुनौती प्रचण्डसामु देखिएको छ ।
प्रचण्ड शान्तिप्रक्रियामा प्रवेश गरेर मूलधारमा प्रवेश गरेसागै आलोचना र प्रशंसाका पात्र बनिरहनुभएको छ । विभिन्न समयमा आफूले चाल्ने कदमका कारण चौतर्फी आलोचना भोग्दै आएका प्रचण्डले आफूमाथि विरोधीहरूले अस्थिर भन्ने गरेका छन् भन्दै तर अस्थिर नभएको भए के हुन्थ्यो होला कल्पना गर्न अनुरोध पनि गर्नुभएको थियो । प्रचण्डले अन्तिम समयमा चाल्ने कदमका कारण प्रशंसा पनि पाउने गर्नुभएको छ । सेना समायोजन, शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन खेलिरहेको भूमिका, माधव नेपाललाई २ निर्वाचन क्षेत्रबाट हारे पनि संविधानसभामा पुर्‍याउने भूमिका र झलनाथ खनाललाई प्रधानमन्त्रीमा निर्वाचन गराउने देखि केपी ओलीलाई प्रधानमन्त्री बनाउने भूमिकासम्ममा आफ्नो अस्थिर निर्णयले नै काम गरेको स्वीकार्दै मन्तव्य दिइरहादा संसद कक्ष गम्भीर देखिएको थियो ।
प्रचण्ड यसै पनि राष्ट्रियता, जनजीविका तथा गणतन्त्रका विषयमा नेपाली कांग्रेसको ढुलमुले स्वभावप्रति बेखबर हुने अनुमान गर्न पनि सकिंदैन । हालै बहिर्गमन भएका ओलीले अघि सारेका दीर्घकालीन महत्वका आयोजना तथा राष्ट्रवादी अडानका कारण उनले प्राप्त गरेको उचाइका बारेमा पनि प्रचण्ड जानकार नहुने कुरा भएन नै । ओली नेतृत्वको सरकारलाई ढालेर अर्काे चुनौतीको सामना गरिरहेका प्रचण्डसामु राष्ट्रियताका विषयमा अन्तिममा गोल गर्ने अवसर प्राप्त भएको छ । तर विपरीत धारका खेलाडीहरूको सहकार्यमा आत्मघाती गोल हुने सम्भावनाका बीच ऐतिहासिक गोल गर्नु प्रचण्डका लागि त्यति सहज भने देखिंदैन । प्रचण्डसामु प्रधानमन्त्रीको रूपमा असन्तुष्ट मधेसवादी दलका मागहरूलाई सम्बोधन गर्नेदेखि केपी शर्मा ओलीले अघि बढाएका दीर्घकालीन योजनाको निरन्तरता, राष्ट्रियताका विषयमा अडान लिनुपर्नेदेखि छिमेकी मुलुकहरूसाग भएका महत्वपूर्ण सन्धिसम्झौताहरू लागु गर्ने तथा थप नयाा कामहरू जस्तै भूकम्प पीडितहरूलाई राहत दिनेदेखि मुलुकको समृद्धिका लागि योजनाहरू अघि बढाउने र नयाा कार्यक्रमहरूसमेत ल्याउनुपर्ने महत्वपूर्ण जिम्मेवारी आइपुगेको छ । प्रधानमन्त्रीको रूपमा खेल्ने भूमिका तथा उहााले गर्ने महत्वपूर्ण कामले आगामी नौ महिनाका लागि प्रधानमन्त्री चुनिएका प्रचण्डसामु विपक्षीलाई समेत विश्वासमा लिएर आफ्नो आयु लम्ब्याउन सक्ने अवसर पनि छ ।
दश वर्षे जनयुद्धका दौरानमा भएका द्वन्दकालीन घटनाहरूलाई सत्य निरूपण तथा मेलमिलाप आयोगका माध्यमबाट टुंग्याएर लैजाने भन्ने सवालमा मतभेद सृजना भएपछि ओली नेतृत्वको गठबन्धन सरकारबाट अलग्गिने निर्णय लिएका प्रचण्डसामु अब ती द्वन्दकालीन घटनाहरूलाई टुंगो लगाउने सबभन्दा महत्वपूर्ण जिम्मेवारी आइपुगेको छ । जसरी जनसेनालाई आफ्नै अगुवाइमा समायोजन गर्ने महत्वपूर्ण काम सम्पन्न गरिएको थियो, त्यसैगरी युद्धकालका घटनाहरूलाई कोट्याइरहने अवस्था आउन नदिने निर्णायक पहल गर्नु जरुरी छ ।
युद्धकालमा पार्टीका तर्फबाट प्रस्तुत गरिएका एजेण्डाहरू जनताका मनमस्तिष्कमा रहेका छन् । स्वयं प्रचण्ड प्रधानमन्त्री भएपछि अरुका मागहरू मात्र पूरा गर्ने नभई आफूले जनताका बीचमा बााडेका आश्वासनलाई पनि पूरा गर्ने प्रयास हुनु राजनीतिक इमान्दारिता ठहर्ने छ । यस्ता सबै अवसरहरू प्रचण्डसामु आइपुगेका छन् । नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरूको विश्वास लिएर प्रधानमन्त्री बन्न सफल भएका प्रचण्डले दशवर्षे जनयुद्धको कमाण्डरसमेत रहेर नेपाली जनताका बीचमा लोकप्रिय नेतासमेत बनेको अवसरलाई बिर्सन हुादैन भन्ने जनताको अभिमत पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here