बढ्दैछ देउवा र खड्काको दूरी

186

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब बन्ने मन्त्रीपरिषद्मा आफ्नो गुटको तर्फबाट ४० प्रतिशत भाग मागेपछि कांग्रेस सभापति सेरबहादुर देउवा संकटमा परेका छन् । पााच महिनाअघि आफुसाग पराजित पौडेलले जहाा पनि ४० प्रतिशत भाग माग्दै आएका छन् ।
प्रचण्ड प्रधानमन्त्री हुने पक्का भएपछि मंगलबार पौडेलले आफु निकटका सांसद र नेतासाग छलफल गरेका थिए । पौडेलले ४० प्रतिशत नदिए देउवालाई असहयोग गर्ने संकेत गरेका छन् । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट देउवाले भारी मत अन्तरले पौडेललाई पराजित गरेका हुन् । कांग्रेसभित्र स्पष्टरूपमा तीनवटा गुट देखापरेका छन् भने त्यहााभित्र भएका उप–गुटले पार्टीलाई सधैं अप्ठ्यारो पार्दै आएको छ ।
देउवालाई जिताउन मुख्य भुमिका खेलेका खुमबहादुर खड्काको सहकार्य र साथ नलिएर देउवाले बिमलेन्द्र निधिको आडभरोसा र सहकार्यमा काम गर्ने तयारी गरेका छन् । निधिले खड्काविरुद्ध विशेष प्रचार अभियानसमेत थालेका छन् । निधि र भारतीय राजदुत रन्जित रेबीच गोप्य बैठक बसेपछि खड्काविरुद्धको प्रचारमा उत्रिएका निधिले खड्का र देउवाको सम्वन्धमा दरार उन्पन्न गराइरहेको कांग्रेसनिकट स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here