खोज् बा’को खोज् आन्दोलन

365

 दीपेन्द्र रोकाया
दुई वर्षअघि धनञ्जय बुढाले जताततै खोज लेखिरहने खोज बा’ लाई भेटाउने कुरा गर्दा म उत्साहित भएको थिएा । किनकि मलाई योगी नरहरिनाथ र पूर्ण प्रकाश नेपाल यात्रीसाग भेटेको तर उहााहरूको अनुभव सुन्न नपाएको पछुतो थियो । यसबीचमा मैले विभिन्न गल्ली, चोक र भित्तामा लेखेको खोज शब्द मात्र देखो, त्यो खोज लेख्ने मान्छेसाग प्रत्यक्ष भेटघाट भएको थिएन । वि.संं. २०७३ जेठ १५ गते बिहान एउटा अपरिचित फोन आयो । उसले भन्यो कि तपाई कहाा हो ? तपाईलाई खोज्दै एक जना बुढा बा आउनु भएको छ । मैले आफू घरमै रहेको र उहाा जो भए पनि पर्यावरण रेडियोमा आए भेट्न सकिने बताएा । रेडियो स्टेशन अगाडिको सडकमा उभिएर हेर्दा खोज लेखेको झोला बोकेको बुढो मान्छे आइरहेको देखो । मलाई एकाएक उही पुरानो कुरा याद आइ हाल्यो । मैले नमस्कार गरो । बा’ले शुभकामना ! भन्नुभयो । हाम्रो यो पहिलो भेट थियो ।
पहिलो भेटमा उहााले ९९ प्रश्न देखाउनुभयो । त्यसमध्ये धेरै त मलाई नै सोध्नुभयो । केही सामग्री दिएर किताब तयार गर्ने कुरा गर्नुुभयो । तर त्यसको भोलिपल्ट विहानै आएर त्यो सामग्री फिर्ता माग्नुभयो । मैले चुपचाप फिर्ता दिएा । बुढो हुनुको कारण हो भन्ने लाग्यो । दुई हप्तापछि फेरि बिनासूचना बिहानै आउनुभयो र मेरो किताब कहिले तयार हुन्छ भन्न थाल्नुभयो । उहााको कुरा सुनेर म छक्क परो । तर ९३ वर्षको बुढा बा’ को लगाव र आग्रहलाई बुझी उहााका छोराहरू मदनराज थापा र सुरज थापासाग फोनमा कुरा भयो । त्यसपछि उहााको विचार इमेलबाट प्राप्त भयो । हेर्दै गएा, उहाालाई नजिकबाट चिन्दै गएा– उहाामा देखिएको साम्यवादी चेतना, नेपालको राज्य व्यवस्थाले गरेको दमन तथा दर्शन र विचारअनुसार नचलेका राजनीतिक पार्टीको व्यवहारबाट दिक्क भएपनि वर्गविहिन समाज निर्माणका लागि खोजको अभियन्ता बनेर हिड्नुको कारण ।
एक शताब्दीको जिउादो अनुभव बोकेका भीमबहादुर थापा घट्टेकुलोबाट म बसेको स्थानसम्म बिनासूचना सातपटक आउनुभयो । उहााको जाागर र इच्छा देखेर मलाई निकै चाख बढ्यो । घण्टौ गफिएर बस्यौ । आफ्नो नियमित कामलाई साइडमा राखी उहाातिर केन्द्रित हुादै गएा । उहााको सबै लेखोट पढ्दै तलमाथि राख्दै गएा । खोज अभियन्ताको प्रश्नोत्तर तथा अन्तिम इच्छाका विचारले भीमबहादुर थापाको मेरो खोज आन्दोलन तयार भयो । उहााका विषयवस्तु हल्का रूपमा हेर्न हुने खालका छैनन् । यसमा स्वर्ग, नर्कको कथा, धर्म, परम्परा, धनी र गरिब कसरी भइन्छ ? विभिन्न दर्शन र राजनीतिक व्यवस्थाको बारेमा सरल रूपमा बुझ्न सकिन्छ । साथै, उहााको संघर्षमय जीवनलाई चिन्न सकिन्छ ।
मैले यो पुस्तक हेर्दै गर्दा खोज बा’लाई परिवार, समाज र देशले समयमै नचिन्दा हुन जाने क्षतिको सम्भावित आाकलन गरी भन्न परेको छ, निर्जीव ढुङ्गोलाई देउता मानी पुजा गर्नुभन्दा गुमेको अधिकार खोज्न लगाउनेदेखि समानता र मानवताको पक्ष लिन लगाउने भीमबहादुर थापाका विचारलाई साथ दिन सकियो भने समाजले भन्ने गरेको पुण्य कमाउन अन्त जानु पर्दैन । भाग्यवादी र पुाजीवादी समाजले उहााका धारणा सुनेर जेजस्ता आरोप लगाए पनि यो देश, जनता र समाजको परिवर्तनका लागि खोज बा’का विचारहरू क्रान्तिकारी सूचना नै भन्दा हुन्छ ।
जुन दिन खोज बा’ले मेरो नाफाको जिन्दगी पढ्न पाउनु भएछ, त्यसपछि मलाई विश्वासका साथ मनका कुरा भन्न थाल्नुभयो । उहाासाग गफिदै जाादा मैले के थाहा पाएा भने उहाा एक सच्चा साम्यवादी आन्दोलनकै अभियन्ता हो । नेपालमा कम्युनिष्ट पार्टीहरूले माक्र्सवादी दर्शन र विचारअनुसार नचलेको देखेपछि उहााले खोज लेखेर हिंड्न थाल्नुभएको रहेछ । यसको अन्तिम लक्ष्य वर्गविहीन समाज निर्माण गर्नु हो । समाजमा न्याय र समानताको स्थापना गर्नु हो । यसका लागि खोज्नु पर्छ भन्दै खोज र कम्युन लेखिएको झोला बोकेर नेपाली परिवेशमा उभिएर आफ्नै झण्डा निर्माण गरी हिंड्नु भएको रहेछ भनी निष्कर्ष निकालो । यसो भन्दै जाादा उहाा एक राजनीतिक व्यक्तित्व नै हो भनी मान्न पर्ने स्थानमा म पुगेको छु ।
भीमबहादुर थापाले पूर्व मेची किनारदेखि पश्चिम महाकाली पारीको दोधरा चाादनीसम्मको विद्यमान नेपालको सीमा मिचिएको सुस्ता, कालापानी जस्ता क्षेत्रमा पुगी राष्ट्रियता जगाउने गरी खोज लेख्नु भएको छ । आफ्नो पूर्खा कर्मसिंह थापा, चम्पसिंह थापा, सुन्दरसिंह थापाहरूले अंग्रेजी फौजसाग सिन्धुलीगढीदेखि पश्चिम देहरादुनको छाउनीसम्म पुगेर लडी स्थापना गरेको विशाल नेपालको इतिहास खोज्नु भएको छ । उहााले पाइला पाइलामा देश लुटिएको, शासन सत्ता तथा शोषक समान्तबाट जनता अन्यायमा परेको देख्नु भएको छ । त्यसैले जनता जगाउन खोजको अपिल गर्नुका साथै दिउासै राजधानीको सडकमा लालटिन बालेर न्याय, समानता र मानवताको खोजी गर्नुभएको रहेछ । यसले गर्दा नेपाली जनताबीच भीमबहादुर थापा खोज बा’ को नामले स्थापित हुनु भएको छ ।
खोज बा’ खोज अभियन्ता भएर जहााजहाा पुग्नु भएको छ, ती स्थानमा म जनयुद्धको क्रममा पुग्दा नेपाली समाजलाई चिन्न पाएको थिएा । खोज के हो ? भनी सोध्दा खोज बा’ भन्नुहुन्छ– खोज, खोज नै हो र यसको रूप, रंग र सीमा नभएको तर लक्ष्य र विषयअनुसार खोजी गर्नपर्छ । उहााको सरलता, दार्शनिक अध्ययन, धर्म र परम्पराबाट ठगिएका प्रसंगहरू देख्दा लाग्छ, नेपाली समाजलाई रूपान्तरण गर्न यस खोजले मद्दत पुर्‍याएको देखिन्छ । मान्छेहरू, बनीबनाउ इतिहासको चर्चा गर्न चाहन्छन्, तर आफ्नो इतिहास आफै निर्माण गर्ने काम गर्नु भएका भीमबहादुर थापा अर्थात् खोज बा’ले आब्हान गरेको गोरेटो सबै अनुसन्धानकर्मीको लागि प्रेरणादायी प्रसंग बन्न सक्छ । खोज बा’को सिद्धान्तअनुसार खोजी गर्न सके नेपाल विश्वकै स्वर्गस्थलका रूपमा गन्तव्य बन्न सक्ने गरी विकास र सम्बृद्धि हुन सक्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here