काठमाडौं/ निर्वाचन आयोगले सरकारले भनेजस्तै आगामी चैत्रमै स्थानीय निर्वाचन गर्न सम्भव नभएको भन्दै राजनीतिक दलहरूलाई चेतावनी दिएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकारद्वारा गठित सीमा निर्धारण आयोगको प्रतिवेदन नआउन्जेलसम्म निर्वाचनको प्रक्रियामा अघि बढ्न नसकिने जनाएका हुन् । आयोगको सिफारिसबमोजिम स्थानीय विकास मन्त्रालयले स्थानीय विकास मन्त्रालयले साउन मसान्तसम्ममा छलफल गरेर रिपोर्ट बुझाउन भनेको छ । सीमामा विवाद हुादा कतिपय ठाउामा झडप भएको छ । सरकारले माघ ७, २०७४ भित्रमा तीन तहको निर्वाचन गरिसक्नुपर्ने छ ।


















