एक जोडीले ५ पाउन्ड (लगभग ७ सय रूपैयाा) मा किनेको ‘पुरानो थोत्रो’ कुर्सीमा ५ हजार पाउन्ड (लगभग ७ लाख) बराबरको हिरा भेटेका छन् । एन्जेलन मिल्नर, ५० र उनका श्रीमान अंगस, ४७, ले लिलामीमा १० वर्ष अगाडि यो पुरानो कुर्सी किनेका हुन् । प्रुफरिडर एन्जेला भन्छिन् ‘हामीले यो कुर्सीलाई ५ पाउन्डमा १० वर्ष अगाडि किनेका हौं ।
यहाा कुकुर बसिराख्ने भएका कारण यो बिग्रदो स्थितिमा थियो ।’ ‘मर्मतसम्भारको लागि पर्याप्त रकम नभएका कारण हामीले यसलाई थन्काइएको उनले बताइन् । पछि यसलाई ‘मर्मतसम्भार गरेपछि यो निकै राम्रो देखिएको उनले बताइन् । ‘त्यसको केही वर्षपछि मेरो श्रीमानले हाम्रो विवाहको वर्षगााठमा हिराको औंठी उपहार दिए जुन उनले कुर्सीको तल्लो भागमा भेट्टाएका थिए,’ उनी भन्छिन् । त्यही वर्षको भ्यालेन्टाइन्स डेमा उनले पुन: मलाई हिराको टप उपहार दिए ।’

















