काश्मीर भारतको आन्तरिक मामिला होइन: करण सिंह

219

एजेन्सी / भारतीय कांग्रेसका वरिष्ठ नेता तथा राज्यसभा सदस्य करण सिंहले काश्मीर भारतको आन्तरिक मामिला नभएको जनाएका छन् । काश्मीरका पूर्व राजाका छोरासमेत रहेका सिंहले भारत सरकारका कारण काश्मीरमाथिको भारतीय दावी अन्तर्राष्ट्रिय रूपमा कमजोर हुादै गएको दावी गरेका हुन् ।

सिंहले काश्मीरको झण्डै आधा भूभाग पाकिस्तान र चीनको नियन्त्रणमा रहेको भन्दै भारतसाग झण्डै ४२ हजार वर्गमाईल भूमिमात्र भारत स्वशासित क्षेत्रमा रहेको जनाएका छन् । सिंहले राज्यसभामा सम्बोधन गर्दै काश्मीरको विषयमा पाकिस्तानसाग भारतले कुरा गर्न नचाहनु अपरिपक्वता र पाकिस्तान स्वसाशित काश्मीरलाई वैधता दिनु हो भनेका छन् । पाकिस्तानसाग सम्बाद अघि बढाउनुपर्ने तर्क गर्दै सिंहले २७ अक्टोबर १९४७ मा आफ्ना बाबु काश्मीरका शासक महाराजा हरि सिंहले काश्मीरलाई भारतमा विलय गराउादा गरेका तीनवटा सिद्धान्तका बारेमा सम्झना गराएका थिए । उनले काश्मीरको रक्षा, सञ्चार र विदेश मामिला विषयमा मात्र केन्द्र सरकारले हेर्ने र अन्य विषयमा राज्यलाई नै जिम्मा दिने गरी सहमति भएको विषयलाई राज्यसभा बैठकमा स्मरण गराएका थिए । राज्यसभालाई सम्बोधन गर्दै सिंहले केन्द्र सरकार र काश्मीरका बीचमा सहमति हुादा आफू घरमै रहेको भन्दै उनले आफ्ना बाबुले तीनवटा विषयहरू रक्षा, सञ्चार र विदेश मामिलालाई स्वीकार गरेको जनाएका छन् ।

उनले भनेका छन्, ‘मेरो बाबुले पनि त्यसरी नै हस्ताक्षर गरेका थिए जसरी अन्य रजौटाहरूले गरेका थिए । तर अरु राज्यहरू गाभिएका थिए तर जम्मु काश्मीर गाभिएको थिएन ।’ जम्मु काश्मीरको बााकी भारतसागको सम्बन्ध संविधानको धारा ३७० अन्तर्गतको कानुनद्वारा निर्देशत रहेको भन्दै सिंहले सहि या गलत जे भएपनि जम्मु काश्मीरलाई सुरुको चरणमा विशेष स्थान दिइएको कुरालाई सबैले महसुस गर्नुपर्ने जनाए । सिंहले कतिपयले काश्मीरलाई दिइएको विशेष स्थान तथा तीनवटा मुख्य विषयले नै काश्मीरको समग्र विकासलाई समेटेको भन्दै उनले कतिपयले त्यसलाई विकासको सकारात्मक समायोजन मान्ने गरेको तथा कतिपयले स्वायत्तता गुमेको रूपमा अथ्र्याउने गरेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here