काठमाडौं – नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठले उत्कृष्ट नायक नायिकाको अवार्ड जितेका छन् । उनीहरू पोखरामा शनिबार सम्पन्न आठौं डिजिटल सिने अवार्डबाट उत्कृष्ट नायक नायिकाको अवार्ड पाउन सफल भएका हुन् ।
छाायाछवि क्रियसनले राजधानी बाहिर पहिलोपटक आयोजना गरेको अवार्ड वितरण कार्यक्रमबाट उत्कृष्ट निर्देशकको अवार्ड दिपेन्द्र के खनालले पाए भनें उत्कृष्ट चलचित्र ‘क्लासिक’ ठहरियो । यस्तै उत्कृष्ट चरित्र अभिनेत्रीको अवार्ड दिपाश्री निरौलाले पाउादा उत्कृष्ट गायिकाको अवार्ड अन्जु पन्तले जितिन् ।यस्तै छााया छवि चलचित्र पत्रकारिता पुरस्कार नरेश भट्टराई, छाायाछवि चलचित्र रजत सम्मान छवि ओझा र करिष्मा मानन्धरलगायत २६ जनाले जिते ।

















