सामसङकाे वासिङ्ग मेसिनमा आकर्षक छुट

142

काठमाडौं । सामसङ नेपालले यस जाडो यामलाई लक्षितगर्दै आफ्ना आधुनिक वासिङ्ग मेसिन मोडेलहरुमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ। यो योजना मंसिर १२ देखि पौष मसान्त सम्म वा स्टक रहून्जेल सम्मको लागि लागू हुने कम्पनीले जनाएको छ।

यो योजनामार्फत ग्राहकहरुले चुनिएका वासिङ्ग मेसिनहरुमा १७ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।   यस योजनाद्वारा सामसङ नेपालले नेपाली ग्राहकलाई जाडो याममा वासिङ्ग मेसिनको प्रयोग गर्न तथा हालै भएको पुरानो वाशिंग मेसिनलाई एआई कन्ट्रोलयुक्त वाशिंग मेसिनसंग अपग्रेड गर्न प्रोत्साहन गर्दछ।

यस योजनामा प्रदान गरिएका वासिङ्ग मेसिनहरु नविनतम प्रविधि , जस्तै ए आई  कन्ट्रोल प्रविधि रहेको छ। यस अफरमा अरु प्राविधिका वासिङ्ग मेसिन जस्तै वासर ड्रायर र सेमी अटोमेटिक वासिङ्ग मेसिनहरु पनि उपलब्ध छन्।  सामसङको नयाँ प्राविधिक वासिङ्ग मेसिनकाइको प्रविधिले कठिन भन्दा कठिन दागहरु हटाउछ र हाइजिन् स्टीमले ९९.९८प्रतिशत किटाणुहरु मार्दछ। योजनामा समाबेस भएका केही वासिङ्ग मेसिनमा एड वास सुविधा छ जस्ले मेसिनमा हाल्न छुटेका कपडाहरु धोइरहेको समयमै राख्न मिल्छ। यस विशेषताले समय, पानी र ऊर्जा बचत गर्दछ।

सामसङ नेपालले ग्राहकहरुलाई जाडो याममा लुगाधुन सजिलो होस् भनि यो योजनाको साथ् आशा गरेको जनाएको छ।   सामसङ वासिङ्ग मेसिनहरुमा १ वर्षको पूर्ण वारेन्टी र डिआइटि कम्प्रेसरमा १० वर्षको वारेन्टी हुनाको साथसाथै भिडिइद्वारा गरिएको परीक्षणमा २३ वर्षको दीर्घकालीन टिकाऊपना छ। वासिङ्ग मेसिनको खरिद गर्ने ग्राहकहरुले निःशुल्क जडान सेवाको फाइदा पाऊन कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here