काठमाडौं/ निर्मला पन्तको बलात्कार गरेर मैले नै हत्या गरेको हुँ भनेको भिडियो प्रमाण भेटिएको छ । भिडियोमा आरोपित मानेर पक्राउ परेका दिलिप सिंह बिष्टले आफूले नै बलात्कार गरेको लिखित र मौखिक बयान दिएको सुन्न र देख्न सकिन्छ ।
गत साउन १० गते निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याकाण्डले देश देखि विदेशसम्म चर्चा चलिरहदाँ नयाँ तथ्य प्रकाशमा आएको हो । तर यो भिडियो सेक्रेट क्यामेराले कैद गरिएको समाचार सञ्चारमाध्यममा फैलिएको छ ।
केही समय अगाडी निर्मला पन्तको बलात्कारी भनि प्रहरीले पक्राउ गरेका दिलिप सिंह बिष्टको लिखित र मौखिक जवाफ सहितको भिडियो युट्युबमा भेटिएको हो ।
निर्मला पन्तको डिएनएसँग मेल नखाएपछि अदालतको आदेशअनुसार साधारण तारेखमा छुटेका दिलिपले एक मिडियासँग आफूले नै निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभिव्यक्ति दिएका छन् । दिलिपले दिएको यस्तो अभिव्यक्तिपछि अवश्य पनि निर्मला पन्त हत्याकाण्डले नयाँ मोड लिएको छ । उसो त बिष्ट मानसिक सन्तुलन ठिक नभएका व्यक्ति मानिने भएकाले त्यसको अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने काम सरकार र सरोकारवाला निकायले गर्ला ।
उनले दिएको लिखित र मौखिक बयान जस्ताको त्यस्तैः
म दिलिप सिंह बिष्ट साउन १० गते साँझ जमिनदारको खेत नजिकै खोला छेउ भएर उखुबारीको बाटो हुदैँ म घर तर्फ जादैँ गर्दा निर्मला पन्त भन्ने युवती (बालिका)सँग भेट भयो । उनले आफ्नो साईकलको चैन बनाउन भनिन्, मैले उनको साईकलको चैन बनाईदिए । खोलाकोपारी जामुनको बोट थियो । मैले त्यहि खोला पारीको उखुबारीमा उनको साईकल फालेर तिनलाई काखी च्यापेर सम्भोग गरे र उनले कराउन थालेपछि घाटी च्यापेर मारे । अनि त्यही उखीबारीकोे अलि भित्र लगेर लास फाले र उलटाखाम बाटो हुदैँ घर फर्के । अर्को दिन पुलिससँग मैले मारेको हो भन्न सकिन ।


















