हातमा नोटको बण्डल बोकेका प्रधानमन्त्रीको फोटो फेक नभई सत्य

389

काठमाडौं/ फोटोसँगै ‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै सम्माननीय प्र.म. के.पि.ओली ज्यु’ लेखिएको साथै प्रधानमन्त्री केपी शर्मा ओलीले हातमा नोटको बण्डल बोकेको एउटा फोटो फेसबुकमा भाइरल भएको छ।

त्यति धेरै रकम चेकमा नदिई नगद नै किन भन्ने शंका लाग्न सक्छ । कतै यो फोटो फेक त होइन ? तर फोटो चाहिँ फेक नभई सत्य नै रहेछ।

२०७५ वैशाख २१ गते अनलाइनखबरमा प्रकाशित यही फोटोमा अरु कसैको अनुहार नदेखिने गरी जुम गरी प्रधानमन्त्रीको र नोटको बण्डलमात्र देखिने गरी काटेर प्रोपोगान्डा फैलाइएको रहेछ।

अनलाइनखबरकै समाचार अनुसार नोटको बण्डल खासमा साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ संकलन गरिएको रकम रहेछ। एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी पत्नी सरिता राईलाई हस्तान्तरण गरेका रहेछन्।

यति धेरै रकम किन नगदै दिनु परेको भन्ने चाहिँ प्रश्न हो। नेपाल राष्ट्र बैँकले १० लाखभन्दा बढी रकमको कारोबार चेकमार्फत् गर्नुपर्ने निर्देशन दिएको छ। यो ३० लाखभन्दा बढी रकम हो। हातहातै नगद दिँदा उठ्ने शंकाको फाइदाराजनीतिक दलका कार्यकर्ताहरुले सोसल मिडियामा प्रोपोगान्डा फैलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here