भारत र रुसबीच पाँच अर्ब डलरको हतियार खरिद सम्झौता

206

नयाँदिल्ली/ भारतको औपचारिक भ्रमणका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज बिहीबार साँझ नयाँदिल्ली आउँदैछन् । रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच करिब ५ अर्ब डलरको अध्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौता हुने भएको छ ।

विश्वमै सबैभन्दा ठूलो सैनिक सामग्री आयातकर्ता मुलुक भएको भारतले १०० अर्ब डलरका आधुनिक हातहतियार खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

दुई दिने भ्रमणमा आउनुअघि रुसले जारी गरेको विज्ञप्तिमा रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब ५ अर्ब डलरको अध्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुनेछ ।

सन् २०१९ मा वासिङ्टन र नयाँदिल्लीले संयुक्त सैन्य अभ्यास गर्ने गत महिनामात्र घोषणा गरेका थिए । दुवै देशबीच संवेदनशील सैन्य सूचना आदानप्रदान गर्ने पनि सहमति भएको थियो ।

पुटिन र मोदीबीच अरु पनि सैन्य सामग्रीको आपूर्तिका बारेमा छलफल हुने जनाइएको छ ।

चीनले लगातार सैनिक क्षमता सुदृढ गरिरहेको र पाकिस्तानबाट नयाँनयाँ चुनौती आइरहेकाले पनि भारतले आफ्नो प्रतिरक्षा क्षमता बढाउन आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।

रुस अझै पनि भारतको सबैभन्दा ठूलो सैन्य सामग्री आपूर्तिकर्ता मुलुक हो । सन् १९५३ यतादेखि दुबै मुलुकबीच प्रगाढ सम्बन्ध रहिआएको छ । पछिल्लो समय मोदी र पुटिनबीचको भेटमा तिब्रता आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here